Please Update Your Browser.

मदन पुरस्कार विजेता जोशी सम्मानित

धनगढी, २० कार्तिक । मदन पुरस्कार विजेता “ऐना” कथा संग्रहका लेखक रामलाल जोशीलाई धनगढीमा एक भव्य समारोहकाबीच शनिबार सम्मानित गरिएको छ ।

पद्यमराज स्मृति प्रतिष्ठान धनगढीले समारोहको आयोजना गरी जोशीलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवम् डोटी जिल्ला विकास समितिका पूर्व सभापति केशवराज उपाध्याय, कैलाली जिविसका पूर्व सभापति नारायण दत्त मिश्र, प्राज्ञ सभा सदस्य बासुदेव पाण्डेय, साहित्यकार सुभाषचन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमूख अतिथी एवम् पूनरावेदन अदालतका पूर्व मूख्य न्यायाधिस विश्वनाथ जोशीले सामाजिक, राजनीतिक एवम् सांस्कृतिक विषय बस्तु समेटेको “ऐना” कथा संग्रह एकपटक सबैले पढ्नैपर्ने बताए ।

प्रतिष्ठानका सदस्य देव बहादुर मल्लले स्वागत गरेको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मिहिलाल उपाध्यायको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव जयनारायण मिश्रले गरेका थिए ।

सम्मान ग्रहण गर्दै ऐनाका लेखक जोशीले मदन पुरस्कार प्राप्त गरिसकेपछि सुदूरपश्चिमेली लगायत आम पाठकबाट पाएको अपार मायाले साहित्य लेखनमा अझैं निखार आउने विश्वास जागेको बताए ।