Please Update Your Browser.

वरिष्ठ साहित्यकार दामोदर पुडासैनी सम्मानित

भक्तपुर, २ मंसिर । वरिष्ठ साहित्यकार दामोदर पुडासैनीलाई एक भव्य समारोहकाबिच सम्मान गरिएको छ । अभियान वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बानेश्वरको आयोजनामा भक्तपुर सल्लाघारीमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि डा.चिन्तामणि योगी र सभाध्यक्ष एवं अभियान वहुउद्देश्यीय सहकारी संस्था लि।का अध्यक्ष वासुदेव खत्रीले पुडासैनीलाई अभिनन्दन पत्र, दोसल्ला एवं फुलमालाले सम्मान गरेकी थिइन् ।

damodar-3कार्यक्रमका प्रमुख अतिथि डा। योगीले वरिष्ठ साहित्यकार पुडासैनीका सिर्जनात्मक कृतिहरुले मानवीय मूल्य र मान्यतालाई उचाईतर्फ उन्मुख गराएको भन्दै चर्चा गरेका थिए ।

सभाध्यक्ष वासुदेव खत्रीले पुडासैनीका कृतिहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त गरेको र उनका सिर्जनाहरुले जीवन र जगतलाई फरक मार्गमा पारिभाषित गर्न सफल भएको बताए ।

बरिष्ठ साहित्यकार पुडासैनीले यस किसिमको अभिनन्दनवाट सिर्जनशील कार्यमा अघि बढन थप प्रेरणा जागेको बताए ।

सो अवसरमा साहित्यकार एवं समाजसेवी बिनोद पौडेलले पुडासैनीका आफन्तका अनुहारहरु आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा समयको सहीछाप, पहाड र प्रेम, यात्राका पे्रेमिल तरङ्गहरु, नमेटिएका चित्रहरु, मायालु हुम्ला, सिमानाका रङ्ग सिमानाका तरङ्ग र धर्मको ह्याङओभर जस्ता कृतिहरु पाठकले औधी रुचाएको बताए ।

उनले पुडासैनीका नमेटिएका चित्रहरु नियात्रा कृतिले अन्तराष्ट्रिय सर्वोत्कृष्ठ पुस्तक पुरस्कार,२०१५ र वि।सं।२०७० सालको उत्तम शान्ति पुरस्कार प्राप्त गर्न सफल भएको र सिमानाका रङ्ग सिमानाका तरङ्ग नियात्रा वि।सं।२०७२ सालको उत्कृष्ठ कृतिकोरुपमा चुनिएको प्रसंग पनि उल्लेख गरे ।

वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरलाई यसअघि यसै वर्ष पनि म्याग्दीमा धवलागिरी अञ्चलका विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरुले अभिनन्दन गरेका थिए ।