Please Update Your Browser.

क्यास्पीयन कपको चौथो संस्करण फागुन ३ गतेदेखि

२९ माघ,धनगढी ।

कैलालीको धनगढीमा रहेको क्यास्पीयन एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको क्यास्पीयन कपको चौथो संस्करण फागुन ३ गतेदेखि हुने भएको छ । बुधवार धनगढीमा पत्रकार सम्मेलन गरी फागुन ३ गतेदेखि आयोजना हुने प्रतियोगिताका बारेमा जानकारी दिईएको हो । प्रतियोगीता फागुन ९ गतेसम्म धनगढी उच्च माविको खेल मैदानमा आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । नकआउटको आधारमा खेलाईने प्रतियोगिताको विजेताले १५ हजार उप विजेताले १० हजार र तेस्रो हुने टीमले ५ हजार नगद हात पार्नेछन । क्यास्पीयन कपमा निमावि तहमा अध्ययनत विद्यार्थीहरुले मात्रै भाग लिन पाउनेछन ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार दिईने आयोजक क्यास्पीयन एकेडेमीका सहायक प्रधानाध्याप अनिल मिश्रले जानकारी दिनुभयो । लिग चरणका खेलहरु १२ ओभर तथा फाईनल १५ ओभरको हुनेछ । प्रतियोगितामा सहभागी हुने टीमहरु आउने क्रम जारी रहेकोले सहभागी टीमहरुको खेल तालिका फागुन २ गते प्रकाशित गरेर प्रतियोगिता सञ्चालन गरिने क्यास्पीयन एकेडेमी धनगढीले जनाएको छ ।