Please Update Your Browser.

बाल कथा

चकचके मोटे चिडियाखानामा

कपिल पोखरेल

एउटा गाउँको छेउमा मोटे नामको बाँदर बस्थ्यो । मोटेले वरिपरीका गाउँका मान्छेलाई हैरान बनाएको थियो । मोटे कहिले मान्छेको घर भित्र पसेर खाने कुरा खाई दिनथ्यो त कहिले अरु मान्छेले खान लागेको खानेकुरा जुठो गरिदिन्थ्यो । कहिले घरमा सुकाएको बिस्कुन (घाममा सुकाउको मकै, गहु कोदो, दाल आदी) छर्ने र पोख्ने गर्दथ्यो । कहिले त मान्छेको घरमा आएर दिशा पिसाब पनि गरिदिन्थ्यो । मोटेको यस्तो बानीले गाउँमा सबै रिसाउँन थाले । कति मानिसहरु त यो मोटेले सारै बिगार गरो कता छ यो भन्दै गाली गलौज गथ्थे । कोही कोही त भन्थे यसलाई नकुटि छाड्दिन भनि खौज्दै हिड्थे । मोटेलाई कुट्न सजिलो थिएन । मोटे भागेर टाढा टाढा पुग्थ्यो । उसलाई कसैले भेट्न सक्दैनथ्यो । ऊ ठुलाठुला रुखमा चढ्न सक्थ्यो । मानिसहरु रुखमा चढ्न सक्दैनथे । मोटे एउटा रुखबाट अर्काे रुखमा हाम फालेर जान पनि सक्थ्यो । मानिसहरु त्यसरी हाम फाल्न सक्दैनथे । अब मोटेलाई तह लगाउने उपाए के होला त ? सबैेले सोच्न थाले । मोटे कसैको नजिक आयो भने उसलाई लौरोले लखेट्न थाले ।

मोटे धेरै चकचके र ठुलो भएकाले त्यस गाउँका सबै केटा केटीहरु मोटेसँग डराउँथे । मोटे त्यस ठाउँका कुकूरहरुलाई पनि कहिले लौराले त कहिले ढुङ्गाले हानेर हैरान खेलाउँथ्यो । त्यसैले गर्दा कुकूरहरु पनि ऊसँग डराउँथे ।

मोटेले गाउँका सबैलाई दुःख दिन थालेपछि एक दिन गाँउलेहरु भेला बसे । गाउँलेहरुले मोटेलाई कसरी तह लगाउने भन्ने उपाए निकाले । त्यो उपाए अनुसार मोटेलाई खानेकुरा दिएर लोभ्याउने अनि जालमा पार्ने सल्लाहा गरे । जाल भनेको त्याहँ भित्र पसिसके पछि भाग्न नमिल्ने गरी फलाम, तार अथवा जालि बाट बनाईएको एक प्रकारको खोर हो । मानिसहरुले मोटेको लागी एउटा वरिपरि बाट फलामले बेरेर बनाएको एउटा खोर ल्याए । त्यो खोरको एक तिर मुख थियो । त्यहाँ ढोका लगााउने ठाउँ पनि राखिएको थियो । भित्र डोरीमा केराका कोसाहरु राखिएको थियो । खोरको ढोका डोरिमा बाँदिएको थियो । केराको कोसो र खोरको ढोकालाई तारले राम्रोसंग बाँधिएको थियो । डोरी र केरा तान्दा खोरको ढोका बन्द भइ हाल्दथ्यो । मानिसहरुले खोरले काम गर्छ कि कगर्दैन भनि पुनः केराको कोशो तानेर खोरको परिक्षण गरे ।

उनीहरुले तान्दा ढोका लाग्ने भएपछि, त्यो केराको कोशोलाई त्यही छाडेर एक ठाउँबाट लुकेर हेर्ने भन्दै टाढा गएर बसे । केहिबेरमा मानिसहरुको हल्ला कम भए पछि मोटे घुम्दै त्यहाँ आयो । उसले खोर भित्र राखेको केराको कोशो देख्यो । केरा देखेपछि उसले खाजा भेटियो भनि खुशी हुदै आजको भोक यहि केराले मेटाउने भइयो भनि सम्झे । ऊ यता उता हेरेर त्यो केरा लिन खोर भित्र छि¥यो । ऊ हतार हतार केराको कोशो तानेर बाहिर आउल लागेको के थियो, त्यो खोरको ढोका ड्याम्म गरेर लाग्यो । परबाट लुकेर हेरिरहेका मान्छे मोटे जालमा परेको थाहा पाएर खुसि हुँदै त्यहाँ आए । ढोका बन्द भएपछि मोटे निकै अत्तालियो । मोटेले त्याहाँबाट भाग्नलाई निकै कोसिस ग¥यो तर फलामले बनाइएको त्यो घरबाट भाग्नु उसका लागि सम्भब थिएन । र पनि उसले भाग्ने कोसिस भने गर्न छोडेको थिएन । ऊ फलामका चेपबाट हात र खुट््टा निरन्तर छिराउने प्रयास गरिरहेको थियो । त्यतिन्नजेल सम्ममा त्याह धेरै मान्छे जम्मा भईसकेका थिए । मोटेसंग धेरै रिस उठेका मानिसहरुले उसलाई ढुङगा र लौरोले कुट्न थाले । कोही कोही भने पानी ल्याएर छ्यापिदिए । ढुंगाले लागेको मोटेको शरिरमा घाउ देखिन थालेको थियो । पानीले भिजेको मोटेको जिउका रौंहरु जिउमा टाासिएका थिए । मोटेको तेस्तो अवस्था देखेर कसैले भयो अब यसलाई नकुटौ भन्दै दया गरिरहेका थिए । त कोही ढुंगाले हिर्काउदै थिए ।

जालमा परेको मोटेलाई सबैजना मिलेर सदर चिडिया खानामा राख्ने बिचार गरे । उनीहरुले चिडिया खानाका मान्छेलाई भेटेर मोटेको बारेमा सबै कुरा सुनाए । चिडियाखानाका मान्छेको सहमतिपछि मोटेलाई त्यही राखे । चिडियाखानामा राखेपछि मोटेले पहिलेको जस्तो चकचक गर्न र धेरै ठाउँमा हिड्न पाएन । उसले खानेकुरा पनि समयमा मात्र खान पाउन थाले । अब बाँकी रहेको समय मोटे चिडियाखानाको खोरमा बिताउन थाल्यो । ऊ त्यही खोरमा बसेर आफुले गरेको गल्तीको पश्चताप गर्न थाल्यो । त्यसैले भाईबहिनि हो, मोटेको जस्तो चकचक गरियो भने दुःख पाइन्छ । हामी सँधै ज्ञानी र भलादमी हुनुपर्छ है त । [email protected], mob-9849125429