Please Update Your Browser.

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा चितवनका होटलहरु भरिभराउ

चितवन, १६ पुस । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा पर्यटकको संख्या बढेको छ । अग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकहरु बढेपछि सौराहा आसपासका होटलहरु भरिभराउ भएका छन् ।

chitwan-nepal-5

यसवर्ष अनुमान गरेको भन्दा धेरै पर्यटक सौराहा आएको निकुञ्जका साहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । पर्यटकहरुको संख्या बढेसँगै सौराहाका होटल व्यवसायी खुसी भएका छन् ।

हात्ती महोत्सव र अंग्रेजी नयाँ वर्ष नजिकिएसँगै नाकाबन्दीपछि मारमा परेको चितवनको होटल व्यवसाय मौलाएको क्षेत्रीय होटल संघका उपाध्यक्ष भेषराज दुवाडीले बताए ।

चितवनको सौराहामासानाठूला गरी १ सय १० वटा होटल छन् भने जगतपुरमा २५ र मेघौलीमा ७ वटाभन्दा बढी होटल छन् । यहाँका सबै होटलको कुल क्षमता करिब ४ हजार पर्यटकलाई राख्न सक्ने भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । जसमा भरतपुरका र नवलपरासीको मध्यवर्ती क्षेत्रमा रहेका १५ वटा बढी होटल पर्दछन् ।

यहाँ सबैजसो होटलहरु चार दिन सम्मका लागि बुकिङ भइसकेको सौराहाको होटल रोयल सफारीका प्रबन्ध निर्देशक शम्भु मालीले वताए ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र पाइने एकसिङ्गे गैंडा, बाघलगायत दुर्लभ वन्यजन्तु हेर्न पर्यटकहरु आउँछन् । पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न, नदीमा डुङ्गा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्दछन् ।