Please Update Your Browser.

भादा महोत्सव पर्यटन प्रर्वद्धन विभागका प्रमखद्वारा उद्घाटन

कैलाली, १६ पुस । थारु संस्कृति, थारु भेष भुषा, खानपिनको प्रोमोशन तथा प्रर्वद्धनको लागि पुस १७ देखि २१ गतेसम संचालन हुने भादा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

maxresdefault

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले विगत ६ वर्षदेखि सञ्चालन गर्दै आएको समितिका अध्यक्ष लक्ष्मी नरायण चौधरीले जानकारी दिए ।

उनले यो वर्ष महोत्सवको उद्घाटन पर्यटन प्रर्वद्धन विभागका प्रमख शूर्य थापाले गर्ने बताए ।

अध्यक्ष चौधरीले महोत्सबको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदै गेट, मञ्च, बजार व्यवस्थापन सबै पुरा भएको जानकारी दिए ।

महोत्सवमा ३८ वटा स्टल रहेको अध्यक्ष चौधरीले जानकारी दिदै स्टल बुकिंग आज साझ सम्म खुला गरिएको बताए ।

होम स्टेको वार्षिकोत्सवको उपलक्ष्यम प्रत्येक बर्ष महोत्सव सञ्चालन गर्दै आएको अध्यक्ष चौधरीले बताए ।

थारु खानपान, थारु कलाशिप, हस्तकला, थारु संग्राहलय, जुत्ता चप्पल, रेडिमेट कपरा, किराना पसल मिठाईं पसल लगायत ४० स्टल रहने लक्ष्य रहेको चौधरीको भनाई छ ।