Please Update Your Browser.

पाकिस्तान भारतले गरीरहेको हस्तक्षेपको प्रमाण राष्ट्रसंघलाई बुझाउने

109478-maliha-lodhiएजेन्सी १७ पुस । पाकिस्तानले आफ्नो देशमा भारतले गरीरहेको हस्तक्षेपको प्रमाण सयुक्त राष्ट्रसंघमा पेश गर्ने भएको छ । फेहरिस्त तयार गरेर अमेरीका पठाईसकिएको पाकिस्तानी अखबारहरुले उल्लेख गरेका छन् ।

सयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी दुत मलिहा लुधियाले भोली राष्ट्रसंघका नवनिर्वाचीत महासचिव गुटेरसन डुटेरेले पद सम्हाले लगत्तै भोली जनवरी २ मा दस्तावेज बुझाउने तयारी भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानले भारतीय गुप्तचर संस्था रअका अधिकारी कुलभुषण यादवलाई पक्राउ गरिएको लाई मुख्य प्रमाणका रुपमा दिदै छ । यादवलाई गत मार्चमा बलुचिस्तानबाट सेनाले पक्राउ गरेको थियो । यादव भारतीय जलसेनाका अधिकारी तथा रअका अधिकारी रहेको र उनले भारतले आतंकवादीहरुलाई तालिम तथा हतियार र प्रशिक्षण दिने क्रममा उनलाई परिचालन गरेको पाकिस्तानले जनाएको छ ।

यादवले आफ्नो बयानमा रअकै अनुबन्धमा बलुचिस्तानमा विद्रोह मच्चाउन र विद्यार्थीहरुलाई प्रशिक्षण दिन खटेको उल्लेख गरेका छन् ।

यसै गरी केही समय पहिले पाकिस्तानी नौसेनाले भारतीय सबमरिनलाई पाकिस्तानी क्षेत्रमा प्रवेश गर्दै गर्दा रोकेको विषयलाई पनि प्रमाणको रुपमा पेश गरिने छ । यो विषय छिटो अन्तराष्ट्रियकरण गर्न पाकिस्तानी सरकारमाथि दवाव बढ्दै आएको थियो ।