Please Update Your Browser.

एमालेले ल्यायो कार्यविनायक विकासको अवधारणा

ललितपुर, १७ पुस । नेकपा एमाले कार्यविनायक नगर कमिटिले नगरपालिका विकासको एकीकृत नीतिगत अवधारणा सार्वजनिक गरेको छ । कार्यविनायक नगरका एमाले इन्चार्ज दामोदर खड्का र संयोजक प्रेमभक्त महर्जनको नेतृत्वमा गएको टोलीले आइतबार नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मी पाण्डेय गौतमलाई भेटी नीतिगत अवधारणापत्र बुझाएका हुन् ।

अवधारणापत्र बुझाउँदै नगर इन्चार्ज खड्काले कार्यविनायक नगरपालिकालाई योजनाबद्ध विकासको खाका बनाउन आग्रह गर्दै आफ्नो पार्टीले नीतिगत फ्रेमवर्क दिएको पनि बताए ।  

Displaying saibu.jpg

नेकपा एमालेको नगर संयोजक महर्जनले सबै मूल तथा शाखा सडकमा ग्रीन वेल्ट राख्नेदेखि सबै सडकमा सौर्यवत्ती जडान गर्नुपर्ने, नीजि विद्यालयमा अध्ययन गर्ने कमजोर विद्यार्र्थीहरुलाई छात्रवृत्ति दिन कोष बनाउनुपर्ने देखि नगरपालिकाभित्रका साविक गाविसहरुलाई एक टोल एक उत्पादनका हिसावले ब्राण्ड स्थापित गराउनेगरी प्रचारमा ल्याउनुपर्नेमा जोड दिए ।

नगरपालिका प्रवेश गर्ने क्षेत्रमा सांस्कृतिक नगर प्रवेशद्धारको निर्माणदेखि पर्यटकीय स्थानहरुलाई पर्यटकीय प्रचार अभियानमा केन्द्रित गराउन पनि महर्जनले आग्रह गरे ।

 कार्यविनायक नगरमा आयुर्वेदिक औषधालय निर्माणदेखि जडिबुटीको खेती गराउने सम्भाव्यता भएकोले त्यसतर्फ पनि विकासको योजनाहरु ल्याउनुपर्ने बताए ।

rr

नगरपालिकामा खाजेपानी तथा अन्य भौतिक विकासका पूर्वाधार निर्माणलाई प्राथमिकता र योजनाबद्ध बनाउन आग्रह गर्दै घना वस्तीका लागि अलग्गै मापदण्ड बनाएर घर तथा भवन  निर्माण अगाडि बढाईनुपर्ने बताए । पुनर्निर्माणमा कलात्मकता कायम गराउनका लागि मौलिक र कलात्मक निर्माणलाई प्रोत्साहन दिनुपर्ने पनि एमाले नगर कमिटिको माग छ ।

प्रतिनिधि मण्डलमा खड्का र महर्जन संगै एमाले ३ नं प्रदेश कमिटि सदस्य जीवन खड्का, जिल्ला कमिटि सदस्य जीवन केसी, क्षेत्रीय कमिटि तथा नगर कमिटिको सहभागिता रहेको थियो ।