Please Update Your Browser.

थारु होमस्टे भादा गाउँलाई पर्यटन गाउँको रुपमा विकास गर्नु पर्छः थापा

राम दहित,
 भादा,१७ पुस । थारु होमस्टे भादा गाउँलाई पर्यटन गाउँको रुपमा विकास गर्नु पर्ने पर्यटन प्रवद्र्धन विकास विभाग प्रमुख सुर्य बहादुर थापाले बताए ।

15817832_1160676267362610_1128126815_o

आइतबार ‘थारु होमस्टे गाउँ भादा महोत्सव २०७३’ लाई उद्घाटन गर्दै प्रमुख थापा सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका थापा थारु होमस्टे भादा गाउँलाई पर्यटन गाउँको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

‘थारु होमस्टे भादा गाउँलाई पर्यटन गाउँको रुपमा विकास गरेर प्रचार प्रसार सहित बजारीकरणको आवश्यक रहेको छ’, प्रमुख थापा भने । उनले होमस्टेको प्रचार प्रसार भएदेखि आन्तरिक र बाह्य पर्यटकहरु स्वतः भित्रने विश्वास समेत व्यक्त गरे ।

थारु होमस्टे भादा गाउँ आफैमा मौलिक कला, संस्कृतिमा धनी रहेको बताउदै उनले उक्त कला, संस्कृतिलाई जर्गेना गर्नु पर्ने समेत आवश्यक रहेको बताए । त्यसैगरी प्रमुख थापा उक्त कला, संकृतिले स्वदेसी तथा विदेशी मुद्रा पनि आर्जन गरी आफ्नो समुदायको आयस्तर उकास्न सकिने बताए । साथै उनले भादा गाउँमा सार्वजनिक भवनको आवश्यक रहेको बताउदैं आफू उक्त सार्वजनिक भवन निर्माणका लागि पहल गरिदिने प्रतिवद्धता समेत जनाए ।

15841301_1160676844029219_751885808_n

कार्यक्रममा थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका सल्लाहकार हनुमान चौधरी महोत्सवले पुराना संस्कृति केही हदसम्म संरक्षण सम्बद्र्धन गर्न सफल भएको तर सोंचे जस्तो संरक्षण सम्बद्र्धन गर्न नसकेको बताए ।

कार्यक्रममा बार एशोसिएसनका पूर्व केन्द्रिय उपाध्यक्ष जोहारीलाल चौधरी थारु समुदाय कला, संस्कृतिमा विशेष धनी रहेको बताए ।
थारु विद्यार्थी समाजका केन्द्रिय उपाध्यक्ष ठाकुर प्रसाद करिया प्रधान भादाका स्थानीयहरुलाई महोत्सवले जनचेतनामा वृद्धि गर्न सहयोग गरेको बताए । साथै उनले महोत्सवले थारु जागरण लगायत थारु हक अधिकारका लागि समेत सहयोग पु¥याइएको बताए ।

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिके अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य समितिका सचिव राम बहादुर चौधरीले गरेका थिए ।

थारु संस्कृति, थारु भेष भुषा, खानपिन, रहनसहनलाई प्रोमोशन तथा प्रर्वद्धन गर्नका लागि महोत्सव पुस १७ देखि २१ गतेसम्म संचालन हुने भएको हो । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको प्रयासमा २०६७ साल देखि सञ्चालन हुदैं आएको महोत्सव यो छैठौं संस्करण हो ।

महोत्सवमा थारु खानपान, थारु कलासीप, हस्तकला, थारु संग्राहलय, जुत्ता चप्पल, रेडिमेट कपडा, किराना पसल मिठाईं पसल लगायत ४० भन्दा बढी स्टल रहेको छ । महोत्सवमा प्रत्येक दिन स्थानीय कलाकारहरुको प्रस्तुति, स्थानीय नाच (सखिया नाच, झुम्रा नाच, मघौटा नाच, मुंग्रह्वा नाच, हुर्दङग्वा नाच, लठ्ठी बैठकी र गुरुवा नाँच) हुने आयोजकले जनाएको छ ।

त्यस्तै सजना, मैना, धमार, बर्कीमार, लग्नी, कठ्मघैया, बिरहनी गीतके प्रस्तुती लगायत राना थारु, कठरिया थारु गीत पनि प्रस्तुत गरिने समेत आयोजक जनाएको छ । महोत्सवको मूख्य आकर्षकको रुपमा थारु परिकार ढिक्री, खेरिया, फूलौरी, अण्डीक भात, खुम्रा, पनझझरा, कचरीक बरिया, घोघी, गेगटा, सुटही, मुसाको परिकार, सिध्रा मच्छी, मौहुवाक दारु, चौरक दारु, निघार, छवुवा जाँर लगायत तमान खाना र नास्ताको परिकार रहेको छ ।

थारु गाउँ भादामा १९ घर होमस्टे सञ्चालन रहेको छ । धनगढी उपमहानगर पालिका–१६ स्थित थारु होमस्टे गाउँ भादा पुग्नका लागि सदरमुकामदेखि १७ किलोमिटर उत्तरपूर्व र पूर्वपश्चिम महेन्द्र राजमार्ग राजीपुर देखि ७ किलोमिटर दक्षिणपश्चिम रहेको छ ।