Please Update Your Browser.

दिल्लीका मुख्यमन्त्रीमाथि जुत्ता प्रहार

kejriwal_25-358x300एजेन्सीं, १८ पुस । दिल्लीका मुख्यमन्त्री तथा पार्टी आम आदमीका नेता अरविन्द केजरिवालमाथि जुत्ता प्रहार भएको भारतीय मिडियाले जनाएको छ। आइतबार हरियाणामा विमुद्रीकरणको विरोधमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो।मुख्यमन्त्री केजरिवालमाथि जुत्ता प्रहार हो।

उनलाई प्रहार भएको जुत्ता मञ्चको एउटा छेउमा पुगेको थियो।

यसैबीच मुख्य मन्त्री केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकले जुत्ता प्रहार गरेको आरोप लगाएका छन्। ‘केही दिनअघि मैले मोदीलाई ‘काँतर प्रधानमन्त्री’ भनेको थिएँ ।

आज उनका समर्थकले मलाई जुत्ता हानेका छन् । केजरीवालले सामाजिजक सञ्जालमा लेख्दै आफूले पनि बदला लिन सक्ने तर आफ्नो पार्टीले कहिल्यै भाजपाले जस्तो घटिया राजनीति नगर्ने बताए ।