Please Update Your Browser.

तीनजुरे–मिल्के–जलजलेमा हिमपात

तेह्रथुम, २२ पुस । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा हिमपात भएको छ । चौकी, मंगलबारे, गुफापोखरी, लामपोखरी, सुकेपोखरी, मिल्के क्षेत्रमा हिमपात भइरहेको छ । गुफापोखरी क्षेत्रमा चार फिटसम्म हिउँ जमेको छ ।

snow-4

यो पटक अघिल्ला वर्ष भन्दा छिटो र बाक्लो हिमपात भएको गुफापोखरीका होटल व्यवसायी हरिप्रसाद खनालले बताउनुभयो । माथिल्लो क्षेत्रमा मात्रै हैन, तल्लो क्षेत्रमा पनि यो वर्ष हिउँ परेको छ । हिमपातपछि हिउँ खेल्न आउनेको समेत भीड बढेको छ । एक्कासी परेको पानीसँगै गएको मंगलबारबाट सुरु भएको हिमपातपछि यी क्षेत्रका बासिन्दाको जनजीवन प्रभावित भएको छ ।

मंगलबार तेह्रथुमका लसुने, पिंगुवा, जिरिखिम्ती, सिमिनाक्सी डाँडा, तीनजुरे, पाथीभरा, घुर्मिसे लगायत तल्लो क्षेत्रमा पनि हिमपात भएको छ । यस्तै संखुवासभाका मकालु, पावाखोला, हटिया, चेपुवा, नुनढाकी, जलजला, सभापोखरी लगायत गाविसमा हिमपातले जनजीवन कष्टकर बनेको छ । उज्यालोबाट