Please Update Your Browser.

अर्गानिक वजार खोज्दै कोसेली घर

लेखनाथ खतिवडा,
 पाँचथर, २४ पुष । पाँचथरको सदरमुकाम फिदिम बजारमा आफ्नै चिनारी र पहिचान छ सगरमाथा अर्गानिक कोसेली घरको । जहाँ आर्गानिक चिया मात्र होइन विभिन्न अर्गानिक खाद्यान्नहरु समेत विक्रि वितरण हुने गरेका छन् । कोसेली घरमा मकै कोदो र फापरको पिठो,चामल राडी पाखी, मह, तोरीको तेल, भेडाको घिउ लगायत स्थानीय जडिवुटिहरु विक्रि वितरण गरिन्छ ।

koseli-ghar

जिल्लामा उत्पादीत स्थानिय अर्गानिक वस्तुहरु एउटै छानामुनी नपाएर हैरान भएका उपभोक्ताहरुलाई कोसेली घरले केही हद सम्म भए पनि सहयोग पुर्याएको छ । मेची राजमार्ग अन्तर्गतको फिदिम शहरमा रहेको यस कोसेली घरमा सायदै सदरमुकाम आउने पाहुनाहरु नछिरी जान्नन् । अहीलेको हिउँदको मौसममा तातो चीया पिउनु अर्थात जिल्लाका विभिन्न ठाउँमा उत्पादन हुने अर्गानिक ग्रिन टी (परम्परागत प्रविधिबाट बनाइएको चिया)को चुस्की संगै रमाइरहेका भेटिन्छन् ।

मनिङ वाकवाट फर्किनेहरु यहाँको चीयामा रमाएर जान्छन् त सरकारी तथा गैर सरकारी संघ संस्थाका व्यक्तित्वहरु यही चीया पसलमा चियाको सुर्कि संगै दिनभरीको योजना तयार गरीरहेको समेत पाइन्छ ।

झापा–इलाम हुँदै फिदिम–ताप्लेजुङ चढ्ने होस या मध्य पहाडी लोकमार्ग अन्तर्गत चल्ने गाडिहरु मार्फत फिदिम आइपुगेका पाहुनाहरु फिदिमको शहरीकरणमा एक छिन् भुल्छन् । उनिहरुलाई शानिवारे या त आहालगैरी वाटै वजारमा जडान गरीएका ३२ वटा सिसी क्याामराले निगरानी गरीरहेको हुन्छ । देशमा तिव्र गतिमा विकास भइरहेका १० वटा नमुना शहर मध्येको फिदिमले छोटो समयमा तिव्र गति लिइरहेहो सन्दर्भमा यहाँ विभिन्न सम्भावना र सम्भाव्यताहरुको खोजी गर्ने काम पनि भएको छ त्यस मध्ये त्यो हो स्थानीय अर्गानिक उत्पादन र लेकाली जडिबुटिजन्य वस्तुको फस्टाउँदो ब्यापार । सदरमुकाममा रहेको एकमात्र सगरमाथा कोसेली घरमा पुग्ने कोहीले पनि स्थानीय उत्पादनका चियाहरु (अर्थोडक्स) अकबरे खुर्सानी, घीउ, छुर्पी, ललिपप, अमिलो अर्गानिक ग्रिन टी, ब्ल्याक टी, लेकाली जडिबुटिजन्य वस्तुहरु चिम्फिङ, खानाक्पा, टिमुर आदिको लोभलाग्दो ब्यापार देख्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय वाट माथि जाँदा होटल सरगम र सगुन होटलकै नजिकमा रहेको एउटा काउन्टरमा सजाइएका ति समाग्रीहरुले वजार धान्नै मुस्किल परेको वताउँछिन् पसलकी प्रोपाइटर वालकुमारी न्यौपाने ।

विभिन्न साइजका बट्टा र प्याकेजिङमा तयार परिएका चियाहरु प्रति के.जी .एक हजार २ सय देखि माथि विभिन्न मुल्यमा खरीद गर्न पाईन्छ । जिल्लाका यी उत्पादनहरु जिल्ला वाहिर कोसेलीको रुपमा प्रसस्त रुपमा लगिने संचालक वालकुमारी न्यौपाने वताउँछीन् । जिल्लाका विभिन्न चीया कम्पनीहरु संग उत्पादीत चीया खरिद गरी विक्रि गर्ने जस्ले चीयाका पारखीहरुको रोजाइले चीया खाने र लैजाने व्यवस्था रहेको उनी वताउँछीन् ।

स्थानीय उत्पादनमा अकबरे, नौनी, छुर्पी, ललीपप, लेकाली ग्रिन टि र ब्ल्याक टी , गोल्डेन टि , ह्वाइट टि उनको पसलको मौलिक चिनारी हो । ती चिजहरु उनि पाँचथर सहित तेह्रथुम इलामवाट झिकाउने गर्छिन् ।

प्राकृतिक सुन्दरता सँगै स्थानीय उत्पादन र लेकाली जडिबुटिजन्य वस्तुको ब्यापारले उनको पसल साँच्चिकै रहरलाग्दो बनाएको छ ।

मकैको चामल र फापरको पिठोको माग उच्च रहेकोले ओयाम थर्पु च्ययाङथापु,सिदिन ,प्राङवुङ,मेमेङतेह्रथुमको आठराई पाँचथरको फिदिममा सञ्चालित सगरमाथा अर्गानिक कोशेली घरले जनाएको छ । सदरमुकाम फिदिम लगायतका स्थानियहरु सहित पाहुनाहरु,अफिसरहरु र पाहुनाहरु सहित झापा,धरान, इटहरी,दमक,काठमाण्र्डौ लगायत विभिन्न स्थानहरु सहित विदेशी पाहुनाहरुले समेत माग गर्ने गरेको संचालक न्यौपानेले बताइन् । उनि भन्छिन् स्थानिय अर्गानिक उत्पादनले ग्राहकहरुको माग पुरा गर्न कठिन छ ।

विषेश गरेर उच्च घरानका ब्याक्ति र सुगर रोग भएकाहरुले मकैको चामल र फापरको पिठो प्रयोग गर्दै आएका न्यौपानेको भनाइ छ । सेतो मकैको चामल प्रती केजी ८० रुपैयाँ, पहेँलो मकैको चामल प्रती केजी ८० रुपैया र फापरको पिठो भने प्रति केजी २सय रुपैयाले विक्रि गर्दै आएको भए पनि जिल्लामा अर्गानिक उत्पादनहरु पाउनै मुस्किल परेको उनको भनाइ छ । आफ्नो पसलमा पुर्ण रुपमा अर्गानीक उत्पादन वितरण गर्दै आएको उनको भनाई छ । जिल्लाका थर्पु, नागी र चोकमागुबाट मकैको चामल र फापरको पिठो आयात गरिन्छ । अर्गानिक उत्पादन गर्दा किसानहरुको उत्पादन कम नै भएपनि मूल्य राम्रो भएकाले अर्गानिक चिज वस्तुहरु उत्पादन गर्न उनको सल्लाहह छ । वजारको माग अनुसारको सामाग्री ग्राहकहरुलाइ दिन नसककेको उनि वताउँछीन ।

स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले करीव ३ लाखको लागतमा सुरु गरेको उनको पसलमा मासिक रुपमा एक लाख वढीको सामाग्रीहरु विक्रि वितरण हुने गरको संचलक न्यौपानेले वताइन् ।