Please Update Your Browser.

बर्दगोरिया माघी मेलामा थारु पौराणिक ऐतिहासिक संस्कृतिको प्रदर्शनी

adbeef73ea46e98563174b730f0b696f

कैलाली, २५ पुस । कैलालीको दोदोधरा गाविस वडा नं २ मा स्थित पुरातात्विक धार्मिक तथा पर्यटकिय क्षेत्र बर्दगोरिया मन्दिर परिसरमा माघी मेला शुरु भएको छ । सो मेला माघ २ गते सम्म चल्ने आयोजकले जनाएको छ । बर्दगोरिया धार्मिक क्षेत्र तथा संरक्षण मञ्चकोे आयोजनामा मेला सञ्चालन भएको हो ।

हिन्दुहरुको महान पर्वका साथै थारुहरुको नयाँ बर्षको रुपमा रहेको माघीका अवसरमा मेलाको आयोजना गरिएकोे मेला मूल आयोजक समितिले जनाएको छ ।

download-1

मेलाका बारेमा जानकारी दिदै मेला सयोजक बल बहादुर विष्टले अफ्नो संस्कृति र पहिचानलाई बचाइ राख्नका लागि मेलाको आयोजना गरिएको बताए । उनले आफूहरुले हिन्दुहरुको पहिचान स्थापित गर्नका लागि यो मेलाको आयोजना गरिएको बताए ।

आधुनिक युगमा पहिचानको इन्कार गर्नु मानव सभ्यतालाई समाप्त पार्नु हो भन्दै सबै जाति समुदायको भाषा, संस्कृति, इतिहास र सामाजिक मूल्य–मान्यताको समुच्चरुप पहिचानलाई सबैले सम्मान गर्न सिक्नुपर्ने उनको तर्क थियो ।

 traditional_sprot_in_tharu2

मेलामा राखिने स्टलहरुमा विभिन्न जातिका खानाका परिकाहरु सहितका होटलहरु र छिमेकी राष्ट्र भारतको तिकुनिया, पलिया, लगाएतका ठाँउबाट स्टलको लागि व्यपारी आएको प्रचारप्रसार संयोजक लिलाराज खत्रीले बताए ।

मेलाअवधिमा नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए । यस्तै मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने बताए । साथै स्थानीय साँस्कृतिक कार्यक्रमसंगै थारु पौराणिक ऐतिहासिक संस्कृतिको प्रदर्शनी समेत रहेको आयोजकको भनाई छ ।

बर्दगोरिया परिसरमा रहेका ताल, तलैया, प्राचिन मन्दिर, कन्या राजाको आवास दरबार, लगाएत सम्पूर्ण मन्दिरहरुको अवलोकनका साथसाथै पुजा पाठ गर्न सकिने समितिका सचिव लक्ष्मी प्रसाद जैशीले जानकारी दिए ।