Please Update Your Browser.

हुम्लाको नमूना गाउँ, एक दिनमा सात पटक सूर्य उदाउने अस्ताउने

हुम्ला, २६ पुस । सदरमुखकाम सिमिकोटबाट झण्डै ३ दिनको पैदल हिडाइमा पुगिने श्रीष्ठा गाविसको नेप्का गाउँमा दिनको सात पटक सम्म सूर्य उदाउँने र अस्ताउने गरेको कुराले चर्चित छ । चारैतिर अग्ला डाँडाको बीचमा छ नेप्का ।

nepka-humla-358x300

पर्यटकिय हिसाबले यो एकदमै रमाईलो छ । प्राकृतिक बनावटले एक दिनमा सात पटक घाम लाग्ने र अस्ताउने गर्दछ । यो गाउँमा हुम्लाको नमूना गाउँ पनि हो ।

यो गाउँमा कहिलै लोडसेडिङ हुँदैन थियो तर केही वर्ष यता उहाँको विजुली बिग्रेको छ । हुम्लामा पहिलो विजुली बलेको गाउँ पनि हो । तरपनि यहाँ सूचना तथा संचारको पहुँच छैन ।

घरैबाट टाढा गएका आफ्न्तलाई फोन गर्ने स्थानीयको रहर पूरा भएको छैन । उनीहरुले नेपाल टेलिकमको टावरको लागि माग गरेको पनि पाँच वर्ष पूरा भइसकेको छ । तर, न त नेपाल टेलिकमले नै सुनेको छ न जिल्लास्थित सरकारी निकायले ।

घरबाट पढाईको लागि बाहिर गएका छोराछोरीलाई फोन गर्ने धोको छ । राजनीतिक पार्टीका नेताहरु चुनावको बेलामा मात्र गाउँमा आउने गरेको स्थानीय हर्कधन तामाङले बताए ।

उनले चुनावको बेलामा नेताहरुले सडक र फोन पुर्याउने प्रतिवद्धता गर्ने तर चुनावपछि कहिलै गाउँमा नजाने उनको अनुभव छ । सूचना सञ्चारको पहुँच नभएका कारण दैनिक रुपमा हुने दुनियाँका खबर सुन्न नपाउने र गाउँको खबर पनि बाहिर दिन नसकेको तामाङको भनाई छ । एक दिनको बाटो हिडेर महंगो फोन सेवा प्रयोग गर्दै आएका छन् नेप्काबासी ।

नेप्का गाउँकी ५८ वर्षकी अगुवा महिला गोरीकला तामाङ फोन सेवाको माग गर्दै नेपाल टेलिकमको जिल्ला कार्यालय सिमिकोट धाइरहेकी छन् । गोरीकला कहिलै राजनीतिक पार्टीका स्थानीय नेतासँग छलफल गर्छन् ।

जिल्लास्थित सरकारी र गैरसरकारीको कार्यालयमा पुगेर फोन सेवाको लागि सहयोग गर्न आग्रह गर्दै आइरहेकी छन् । तर पनि अहिलेसम्म आवश्सान भन्दा अरु केही नपाएको उनको अनुभव छ ।

तामाङ एमाले नेतृत्वको सरकारको सुरुबाट फोन सेवाको लागि जिल्ला धाइरहेकी छन् । माओवादीले सरकारको नेतृत्व गरिरहेका छन् । तर पनि नेप्काबासीले घरबाटै फोन गर्न पाएका छ्रैनन् ।

त्यस्तै यहाँका घरैबाट फोन गर्ने रहर जस्तै यहाँका युवा पुस्ताले पनि फेसबुक चलाएर संसारसँग जोडिन चाहेका छन् । उनीहरुले आफ्नो वरिपरीको सुन्दर दृश्यलाई सामाजिक सञ्जालको माध्यमबाट संसार पुर्याउन चाहेका छन् ।

फोन सेवाको लागि उनीहरुले नेपाल टेलिकमलाई टावर राखिदिन आग्रह समेत गरेका छन् ।यसैगरी गाउँलेहरुले बिग्रेको विजुली बनाउन पहल गरिदिन ऊर्जमन्त्री जनार्दन शर्मा ‘प्रभकार’सँग पनि अनुरोध गरेका छन् ।