Please Update Your Browser.

शंशोधन बिधेयक कुनै पनि हालतमा पास हुदैनः रावल

download-2टेकराज भण्डारी, अछाम २६ पुस । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान शंशोधन बिधेयक कुनै पनि हालतमा पास नहुने बताएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको आयोजनामा सदरमुकाम मंगलसैनमा भएको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले संविधान संशोधनको बिरुद्धमा स्पष्ट एक तिहाई मत रहेको र संविधान संशोधन बिधेयक राष्ट्रघाति भएकोले कुनै पनि देशभक्त नेपालीले यसलाई पारित नगर्ने दाबी गरे ।

प्रदेशको सीमांकन हेरफेरको सूचना ३ महिनाभित्र प्रदेश सभामा पठाउनुपर्ने स्पष्ट संविधानमा उल्लेख भएको र त्यसो नभएमा स्वतः निष्क्रिय हुने भन्दै संविधान शंशोधन संविधान र संसदीय मान्यता विपरित रहेको तथा संविधान विपरित गए आफ्नो पार्टीको बिरोध रहने उनको भनाई छ ।

नेता रावलले एमाले ३ वटै निकायको चुनावका लागि तयार रहेको भन्दै सरकाले छिटो चुनावको मिति घोषणा गर्नुपर्ने माग गरे । २०७४ माघ ७ गतेभित्र तीनओटै निकायका चुनाव नभए देशमा रिक्तता उत्पन्न हुने भन्दै अहिले सरकार चुनावको मिति घोषणा नगरि देशमा रिक्तता उत्पन्न गरी आफ्नो आयु बढाउन लागेको हो कि भन्ने शंका रहेको बताए ।

अहिले संविधानको कार्यान्वयन गरी सबै जात जाती, भाषा, समुदायका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बेला भएको भन्दै एमाले उपाध्यक्ष रावलले संविधानमा सबैका अधिकार सुनिश्चि रहेका बताए ।

संविधान शंशोधनको प्रस्तावले समस्या ल्याएको भन्दै मधेशी दलहरुले कहिले जात जातिको नाममा, कहिले भाषाको नाममा बखेडा झिकिरहेको उनको आरोप छ ।

देशको स्वाधिनता, अखण्डता, एकतामा संविधान संशोधन प्रस्तावले आँच पु¥याएको भन्दै आफु लगायतका ९ दलले बिरोध गरेको भन्दै संसदीय मूल्य र मान्यताको चर्कौ स्वरमा वकालत गर्ने कांग्रेस माओवादीले सबै विपक्षि दलको बिरोधका बाबजुत शंशोधन बिधेयक पेश गरेको भन्दै यो व्यवस्थापिका संसदको नियमावली विपरित भएको बताए ।

देश र जिल्लाको विकासका लागि एमालेले २०५१ साल देखि एमालेको नेर्तत्वमा बनेका विभिन्न सरकाले ठोस खाका ल्याएको नेता रावलको भनाई छ । जिल्लाका केही अवरुद्ध बिकास निर्माणका योजना चित्रै पुल, मंगलसैन दरबार, कैलाशखोला जलविद्युत आयोजना, ५५ कोठे चौरपार्टी अस्पतालको भवन लगायतमा आफुले गम्भिर ध्यान दिईरहेको भन्दै काम नगर्नेलाई कारबाही गर्न प्रमुुख जिल्ला अधिकारीलाई समेत भनिसकेको बताए ।

माधव नेपालको नेतृत्वका सरकारको पालामा मध्येपहाडी लोकमार्ग, सेती लोकमार्ग, बुढीगंगा जलविद्युत आयोजनाका काम अघि बढाएको उनले बताए । यस्तै केपी ओलि नेतृत्वको सरकारको पालामा देशका विभिन्न खानी उत्खनन गर्ने, उद्योग धन्दा संचालन गर्ने, भारत संग ७ बुँते सहमती, चीन संग १० बुँदे सम्झौता लगायतका काम एमालेले अघि बढाएको उनको भनाई छ ।