Please Update Your Browser.

शिशु हत्याको आरोपमा पक्राउ

लेखनाथ खतिवडा,
thumb 

पाँचथर, २७ पुस । जिल्ला प्रहरी कार्यालय पाँचथरले नवजात शिशुको हत्यामा सम्लग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

गत आइतवार सिदिन–४ मा मृत अवस्थामा नवजात शिशु फेला परेको थियो । प्रहरी अनुसन्धान गर्ने क्रममा सोहि स्थानकी २१ बर्षीया रमिला राईले बच्चा जन्माई मारेर फालेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

रमिलाले गत पुष ८ गते शिशु जन्माई मारेर फालेको र उक्त घट्नामा फिदिम नगरपालिका–१ का केवल राईको समेत सम्लग्नता रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

स्थानीयले नवजात शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । रमिला र केवलवीच प्रेम सम्वन्ध रहेको खुल्नमा आएको प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

उनीहरु दुवैलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धि मुद्दामा पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।