Please Update Your Browser.

थारुहरुको माघी पर्व शुरु, आज जिता मार्ने दिन

काठमाडौं, २९ पुस । ‘राष्ट्रिय एकता, दिगो शान्ति र उन्नतीको उत्सव, थारु पहिचान र अधिकारको लागि माघी महोत्सव’ भन्ने मुल नाराका साथ काठमाडौंमा माघी पर्व शुरु भएको छ ।

maghi

थारु विद्यार्थी समाजद्वारा  आयोजित थारु राष्ट्रिय माघी महोत्सवको पहिलो दिन जिता मार्ने (बंगुर काट्ने) कार्यक्रम रहेको संयोजक चन्द्रप्रसाद चौधरीले बताए ।

महोत्सवको पहिलो दिन ११ बजेदेखि रक्तदान कार्यक्रम, १२ बजे जिता मार्ने कार्यक्रम, २ बजे थारु मुद्दा र अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम र थारु भेषभुषमा सजिएर सांस्कृतिक कार्यक्रम हुने चौधरीको भनाई छ ।

15995231_1851978308381600_5382913386702258538_o

महोत्सवमा थारु परिकारका स्टलहरु पनि सञ्चालन हुने बताउदै आफूलाई मन पर्ने परिकारको स्वाद लिन सक्ने संयोजकको भनाई छ । उनले माघ १ गते विधिबदरुपले महोत्सबको उद्घाटन हुने बताए ।

थारु गाउँमा पनि आजकै दिनदेखि माघि शुरु हुने भएकोले गाउँ गाउँमा बंगुर ढल्ने कार्यक्रम भईरहेको छ ।