Please Update Your Browser.

सुकेपोखरीमा होम–स्टे तालिम

लेखनाथ खतिवडा,
पाँचथर, ३ माघ । पाँचथरको रानीटार–९ मा रहेको आकर्षक पर्यटकीय गन्तव्य सुकेपोखरीमा पर्यटकको सत्कार तथा रमोरञ्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ होम–स्टे तालिम सञ्चालन गरिएको छ ।

रानीटार गाविसको सहयोगमा सुकेपोखरी लोहोकिल पर्यटन विकास समाज रानीटारले आयोजना गरेको तालिममा पर्यटकहरुको स्वागत–सत्कार, बसोवास तथा खानपानको प्रवन्ध, मनोरञ्जन, सुकेपोखरी क्षेत्रको भ्रमण, स्थानीय जडिवुटी तथा जिवजन्तुको पहिचानमा सहयोग गर्ने बिषयमा तालिमका सहभागीहरुलाई जानकारी गराइएको सुकेपोखरी लोहोकिल पर्यटन विकास समाजका सचिव सुरेशकुमार वान्तवाले जानकारी दिए ।

पर्यटकहरु आउने क्रम बाक्लो नभएपनि होम–स्टे तालिम दिएर पर्यटकको स्वागत–सत्कारमा स्थानीयलाई दक्ष बनाउने र सुकेपोखरी क्षेत्रका बिषयमा प्रचार गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको वान्तवाले वताए । तालिममा रानीटार वडा नं. ९ र ६, पौवासारताप र लुङरुपा तथा सीमावर्ती इलामको पुवामझुवा र माइपोखरीका स्थानीय सहभागी रहेको तालिमको सहजिकरण तिलविक्रम नेम्वाङ र विजयबोध लावतीले गरेका थिए ।

मेची राजमार्गसँगै रहेको पौवाभञ्ज्याङ बजारबाट साढे ५ किलोमिटरको दुरीमा रहेको सुकेपोखरी प्रचार–प्रसार र पूर्वाधार विकासको अभावमा ओझेलमा परिरहेको छ । पक्की सडकबाट नजिकै रहेपनि मेची पहाडी पर्यटन विकास समिति सहित पर्यटनको क्षेत्रमा क्रियाशिल संस्था र निकायबाट प¥याप्त सहयोग प्राप्त गर्न नसक्दा सुकेपोखरी क्षेत्र ओझेलमा परेको स्थानीयको गुनासो छ । उक्त क्षेत्रमा सिमित मात्रामा घुम्न तथा पिकनिक खान आन्तरिक पर्यटकहरु जाने गरेको सुकेपोखरी लोहोकिल पर्यटन विकास समाजका सचिव वान्तवाले जानकारी दिए ।