Please Update Your Browser.

जात न सोध्ने कुरा हो, न बताउने कुरा

गान्धीको विश्वास थियो कि जब बा्रह्मणको हातमा झाडु आउँने छ र ऊ जब शौचालय सरसफाइ लगायतका सबै सफाई गर्नेछ; र जब दलितको हातमा गीता आउँछ जातीवाद सधैंका लागि खत्तम हुनेछ ।

म परिचयको विरोधी हुँ । किनभने मेरो व्यक्तित्व प्रति पहिलो लेबल लाग्यो कि म हिन्दु हुँ । दोस्रो लाग्यो म बहमण हुँ । तेस्रो लाग्यो धर्माधिकारी हुँ । फेरि जुन पढाई गरें त्यसको लेबल छ । न्यायमूर्ति बने त्यसको लेबल छ । पद्मभूषन पनि पाएँ, त्यसको पनि लेबल लाग्यो । मेरो समस्या के हो भने मेरो व्यक्तित्वमाथि जुन लेबल लागेको छ, सिर्फ लेबल नै लेबल देखिन्छ र धर्माधिकारी कहीँ कतै हराएको छ । म धर्माधिकारी हराएको हेर्न चाहन्न ।

जात जन्मपछि मिल्छ र जीवनमाभर टाँस्सिरहन्छ र मृत्यु पछि पनि जाँदैन । हाम्रो देशमा त यस्तो छ कि कयौं जातीका प्रजातीका मान्छेलाई लाश पनि हात लगाउन दिँदैनन् । त्यसैले म आफ्नै परिभाषामा भन्न चाहन्छु कि, जुन चिज कहिल्यै पनि जाँदैन त्यसलाई जाती भनिन्छ । टाँसियो त टाँसियो । यसको दोस्रो खासियत यो हो कि जातीयता हाम्रो देशमा जातीयता पाल्ने मात्र होइन, उँच–निँच भावना पाल्ने पनि हो । मेरो देशमा सबै बहस असफल भए, जातीयता मात्र एक बहस रहि रहयो । स्वतन्त्रताको यति धेरै वर्षपछि पनि अहिलेको वातारण जातीवाद नै हो । जातमा हामी विभाजित छौं । र यसलाई हामीले उन्मूलन गरेनौं भने हाम्रो संविधानले जुन धर्मनिरपेक्षता र समाजवाद चाहेको छ, त्यहाँसम्म हामी पुग्नै सक्दैनौं ।

mha
चन्द्रशेखर धर्माधिकारी

मेरो संविधान यो भन्छ कि तिमी नागरिक सिर्फ भारतको हौ । तपाईं महाराष्ट्रको नागरिक होइन । तपाईं ब्राह्मण नागरिक होइन । तपाईं नागरिक सिर्फ भारतको हो । म तपाईंलाई प्रश्न सोध्न चाहन्छु, के तपाईं भारतको नागरिक कतै देख्नु हुन्छ ? म खोजि रहेको छु । म भेट्न सकिराख्या छैन । यस्को कारण के हो भने हामीले जमिनलाई माया ग¥यौं । हो, जरुरी छ जमिनलाई प्रेम गर्न । मातृभूमिलाई माया गर्नु जरुरी छ तर यो पर्याप्त छैन । किन भने देश भौगोलिक संकल्पना हो, प्रादेशिक हो, सिमा हुन्छ, प्रदेश हुन्छ, नदी हुन्छ । कुनै भूभागमा बस्ने मानिसहरु जब सधैं यो संकल्प गर्छन कि हामी एक अर्काको सुख दुखमा सहभागि भएर बाँच्ने छौं, तब राष्ट्र बन्छ । तर मेरो देश अहिले पनि राष्ट्र बन्न सकेको छैन, यो मेरो पीडा हो । किनभने स्वतन्त्रताको आन्दोलनमा त मैले सपना देखेको थिएँ, मलाई कस्तो राष्ट्र देख्न पाउँछु भनेर । तर त्यो सपना आजसम्म साकार भएको देख्न पाएको छैन ।

गान्धीजी यसलाई व्यक्तिगत आचार संहिता (Individual code of conduct) भन्नु हुन्थ्यो–आफ्नो जीवनबाट शुरुवात गर्नु पर्छ । मेरो जीवनमा जातीकोे कुनै सँस्कार आएको छैन । म धर्माधिकारी हुँ । सनातनी घरानाको हुँ । आदि शन्काराचार्यको आशिर्वाद मिलेको हो । वेद शास्त्र सम्पन्न हो । तर मैले निर्णय गरें कि अब म जात पालेर बस्दिन । म माथि कुनै किसिको ब्राह्मणी सँस्कार छैन । मैले ब्रतबन्ध गरिन, मैले जनै लगाइन । त्यसैले परम्परागत धर्माधिकारीको परिवारमा म सगैं बसेर खान सक्दिन । मैले छुट्टै एक्लै खानु पर्ने हुन्छ । उनिहरुको स्नान गृहमा म स्नान गर्न पाउँदिन । म तपाईंहरुलाई भन्न चाहन्छु कि गान्धीको क्रान्तिको एउटा प्रतिक झाडु थियो । जसरी चर्खा थियो उत्पादन, श्रम र प्रतिष्ठाको प्रतिक, त्यसै गरि झाडु अर्को प्रतिक थियो सामजिक विषमता\असमानता उन्मूलन गर्नका लागि । किनभने हाम्रो देशमा गन्दकी फैलाउने वालाको प्रतिष्ठा बढी र सफा गर्ने वालाको कम छ ।

गान्धीको विश्वास थियो कि जब ब्राह्मणको हातमा झाडु आउँने छ र ऊ जब शौचालय सरसफाइ लगायतका सबै सफाई गर्नेछ; र जब दलितको हातमा गीता आउँछ जातीवाद सधैंका लागि खत्तम हुनेछ । म गान्धीसँग बसेर शौचालय सरसफाइ तथा अरु सरसफाइको काम सानैदेखि सिकें । जातीवाद अन्त्य गर्नका लागि जातीवादलाई प्रश्रय दिने सँस्कार पाल्नु हुँदैन । जहाँ जहाँ असमानता पाल्ने गरिन्थ्यो, जातीयता पाल्ले गरिन्थ्यो, ती सबैबाट म पर रहन सकें । र यसले मलाई धेरै फाइदा भयो । धर्माधिकारी परिवारका कुनै सदस्य मेरो घरमा आएनन्, त्यसैले गर्दा मेरो बुढीले पाहुनाको बोज कहिल्यै उठाउनु परेन ।

मेरो भतिजा बिमार भएकोले अस्पतालमा थियो । खुन दिने जरुरत थियो । हाम्रो धर्माधिकारी परिवारको कुनै व्यक्तिको पनि खुन उसँग म्याच भएन (सुट् भएन) । तर त्यस अस्पतालमा काम गर्ने कुचिकारको खुन उसँग म्याच भयो । उसको खुन दिएर ब्राह्मणको छोरा होसमा आयो । किनभने खुनको त चारवटा मात्र समूह हुन्छ । र यी समूह ब्राह्मणदेखि सबैसँग समान हुन्छ । त्यसो हो भने जातीयता के केबल छालाको भरमा मात्र पालिराखेका छौं ? किन भने खुनसम्म त जात पुग्दैन ।

हामी कसैको जन्म जैविक दुर्घटना (Biological accident) मात्र हो । हामीले लोकतन्त्र त पायौं तर आमा बुवा चुन्ने अधिकार त हामीलाई कसैले दिएनन् । यदि दिन्थे भने सायद मेरा बच्चा मलाई न चुन्न सक्थे । त्यसैले बायोलोजिकल एक्सीडेन्टमार्फत मिल्ने जे जति प्रतिष्ठा हो, त्यसलाई अस्वीकार गर्नुपर्छ । कसैको जात सोध्ने होइन । कसैलाई जात बताउने होइन । साथी तथा मित्रता सबैभन्दा ठुलो आध्यात्मिक तत्व हो । मित्रतामा तपाईं जाती, धर्म केहि हुर्नुहुन्न । यदि तपाईं जाती र धर्ममा समानताको सोच राख्नु हुन्छ भने तपाईं नागरिकता पनि पाल्न सक्नु हुँदैन, मानवता पनि पाल्न सक्नु हुँदैन, मित्रताको त कुरै छोडौं म यसलाई मनुष्यताको अपमान मान्छु ।

मेरो भतिजा बिमार भएकोले अस्पतालमा थियो । खुन दिने जरुरत थियो । हाम्रो धर्माधिकारी परिवारको कुनै व्यक्तिको पनि खुन उसँग म्याच भएन (सुट् भएन) । तर त्यस अस्पतालमा काम गर्ने कुचिकारको खुन उसँग म्याच भयो । उसको खुन दिएर ब्राह्मणको छोरा होसमा आयो । किनभने खुनको त चारवटा मात्र समूह हुन्छ । र यी समूह ब्राह्मणदेखि सबैसँग समान हुन्छ । त्यसो हो भने जातीयता के केबल छालाको भरमा मात्र पालिराखेका छौं ? किन भने खुनसम्म त जात पुग्दैन ।

एउटा अर्को कुरा–हामीले मन्दिरमा जाने मोह पनि छोड्नु पर्छ । तपाईं किन जानु हुन्छ त्यो मन्दिरमा जहाँ दलित जान पाउँदैनन् ? यो कस्तो भगवान हो जस्ले मनुष्यलाई मन पराउँदैनन् ? तपाईंहरु सबै स्वर्गमा सिट सुरक्षित गर्नका लागि जिउनु हुन्छ । विनम्रका साथ भन्न चाहन्छु कि जुन ठाउँमा जान तपाई लालयित हुनुहुन्छ, स्वर्गमा सिट सुरक्षित गर्न इच्छुक हुनुहुन्छ, मेहरबानी गरेर किन चाँडो जानु हुन्न ?

मलाई मेरो कुनै चिन्ता छैन, म ८५ वर्षको भएँ । मलाई मेरा छोराहरुको पनि चिन्ता छैन तर मलाई नाति नातिनीहरुको धेरै चिन्ता छ । चिन्ता यो छ कि उनीहरुका लागि म कस्तो देश छोडेर जान्छु ? के उनीहरुको जीवनमा पनि जातीया हुन्छ ? के उनीहरुको पालामा पनि असमानता हुन्छ ? के उनीहरुमा पनि विभाजन हुन्छ ? मेरो चिन्ता यहि हो । मेरो तीन सालकी नातिनी छिन् । उनको भविष्य के हुन्छ ? के उनी पनि डराई डराई जिउँने छिन् ? एउटा कुरा ध्यान दिनु होला कि तागतले लड्नु पर्दैन, तागत हुनुपर्छ आफूभित्र । यदि तपाईंको मनमा डर छ भने डरलाई हटाउनुस् किनभने डर त्यो चिज हो जस्ले नकारात्मक सोचमात्र विकास गर्छ । असमानतालाई समानतामा बदल्ने शक्ति तपाईंमा हुनुपर्छ । त्यो शक्ति र संकल्प गर्ने सद्बुद्धि भगवान तपाईंहरुलाई दिउन, म भगवानसँग प्राथना गर्छु ।

(भारतीय टी.भी कार्यक्रम ‘सत्यमेव जयते’ मा अभिनेता तथा कार्यक्रम प्रस्तोता अमिर खानले अवकाश प्राप्त न्यायमूर्ति चन्द्रशेखर धर्माधिकारीसँग गरेको कुराकानीमा आधारित)