Please Update Your Browser.

घोडाघोडी महोत्सवको तयारी अन्तिम

गोबिन्द बीसी,
 बैनिया, ५ माघ । सिमसार क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले कैलालीको सुखडमा घोडाघोडी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

naya_shakti3

माघ ६ देखि १६ गते सम्म हुने घोडाघोडी महोत्सवको सम्पूर्ण तयारी सकिएको महोत्सब मूल आयोजक समितिले जनाएको छ ।

घोडाघोडी उद्योग बाणिज्य संघका उपाध्यक्ष होम प्रसाद आचार्यले बिश्व सिमसार क्षेत्रमा सूचिकृत कैलालीको प्रसिद्ध घोडाघोडी सिमसार क्षेत्रको पर्याप्त बिकास हुन नसकेको कारण सो क्षेत्रको प्रर्वद्धनको लागि महोत्विको आयोजना गरिएको आयोजकले बताएको छ ।

यस क्षेत्रमा कृषि, पर्यटन, व्यापार व्यवसाय र खाद्यान्न उत्पादनको प्रचुर सम्भावना रहेको छ तर, यी सम्भावनाको अझै पर्याप्त मात्रामा उजागर हुन सकेको छैन । सम्भावनाको उजागर गर्न महोत्सबले सहयोग आचार्यको भनाई छ ।

उनले महोत्सवमा विशेष गरी सिमसार क्षेत्रको प्रचार प्रसारमा केन्द्रित रहने बताए । महोत्सव मार्फत् घोडाघोडी सिमसार क्षेत्रमा पाईने चराहरुका बारेमा पनि जानकारी गराईने उनको भनाई थियो । महोत्सवमा स्थानीय राजी, थारु समूदायको सांस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकार प्रमोद खरेल, ज्योती मगर, लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिए ।

बढीमा २ सय स्टल रहने महोत्सवमा डेढ देखि २ करोड सम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएकोे बताइएको छ । महोत्सव आयोजनाका लागि २५ देखि ३० लाख रुपिया खर्च हुने आयोजकले जानकारी दिएको छ ।