Please Update Your Browser.

अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व आइजीपी बासुदेव ओलीमाथि मुद्दा दायर

२९ माघ, काठमाडौं ।
सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव ओलीसहित ७ जना प्रहरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
महानिरीक्षकको पदमा कार्यरत रहँदा ओलीले सामान ढुवानी नै नगरी ढुवानी गरेको भनि झुठ्ठा बिल भरपाई पेश गरी भ्रष्टाचार गरेको ठहर अख्तियारको छ ।
अख्तियारले ओली सहितका पूर्व प्रहरी एक जना र बाँकी बहालबाला कर्मचारीमाथि मुद्दा दायर गरेको हो।
ओलीकै आदेश र निर्देशनमा सामान ढुवानी नै नगरी, संचालनमा नभएका र नरहेका ट्रान्सपोर्ट कम्पनीहरुको झुठ्ठा बिल भरपाई गरेको भेटिएको अख्तियारले जनाएको छ।
संगठन मै कार्यरत नरहेकारनभएका कर्मचारीहरु समेतका नाममा ढुवानी प्रयोजनको लागिभनि पेश्की रकम दिएको देखाई नक्कली बिल भरपाई तथा कागजात पेश गर्न एक करोड चौध लाख चौवन्न हजार उन्नपचास रुपैयाँ बराबर भ्रष्टाचार गरेको अख्तियारले दाबी गरेको छ।