Please Update Your Browser.

घोडाघोडी महोत्सव २०७३ को उद्घाटन 

विवश चौधरी,
कैलाली, ७ माघ । कृर्षि पर्यटन, संस्कृति र व्यापार, समृद्ध घोडाघोडी बिकासको आधार भन्ने मुल नाराका साथ घोडाघोडी महोत्सव २०७३ एक भव्य कार्यक्रमको विच भौतीक पूर्वाधार निर्माण तथा यातायात मन्त्री माननिय मन्त्री रमेश लेखकले उद्घाटन गर्नु भएको छ ।

16143217_380801298958933_7685569066204814369_n

घोडाघोडी उद्योग वार्णिज्य संघका अध्यक्ष चन्द्र प्रकाश चौलागाई को सभापतित्वमा भएको कार्यक्रममा भौतीक निर्माण तथा यातायात मन्त्री माननिय रमेश लेखक रहनु भएको थियो भने विशिष्ट अतिथि कैलाली उद्योग वार्णिज्य संघका अध्यक्षा शंकर बोगटी रहेका थिए ।

घोडाघोडी उद्योग वार्णिज्य संघका महा सचिव नन्द राम सापकोटाको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा उद्योग वार्णिज्य संघका तर्फवाट लम्की उद्योग वार्णिज्य संघका अध्यक्ष पदम चौलागाई, राजनितिक दलका तर्फवाट युवा नेता तथा साविक रामशिखरझालाका गा.वि.स अध्यक्ष बम बहादुर सिंह लगायतका बक्ताहरले मन्तव्य राखेका थिए ।

यस्तै कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि मन्त्री लेखकले घोडाघोडी उद्योग वार्णिज्य संघको पहिलो उद्घाटन गर्दै यो महोत्सवले यस क्षेत्रको सांस्कृति, आर्थिक, सामाजिकका साथै स्थानिय उत्पादनहरुको वजारीकरणका साथै महोत्सवले विभिन्न पेशा, धर्म संस्कृतिहरुको प्रवद्र्धनसगै सामाजिक धरोहरहरुको संरक्षण संगै स्थानिय क्षेत्रहरुको वन वातावरण भौतिक पूर्वधारका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

घोडाघोडी उद्योग वार्णिज्य संघले आयोजना गरको महोत्सवको प्रसंशा गर्दै राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुले आफ्नो प्रतिभा राख्ने भएकोले यसले सांस्कृति प्रवद्र्धनका साथै सामाजिक सद्भावलाई काय गर्ने बताउदै घोडाघोडी नगरपालिका भित्र रिङ्ग रोडमा नगरपालिकाले यसको प्रकृया पु–याएमा आफु र आफ्नो मन्त्रालयवाट यो कामको लागि कटिवद रहने जानकारी दिए । कार्यक्रमको संचालन घोडाघोडी उद्योग वार्णिज्य संघका उपाध्यक्ष होम आचार्यले गरे ।