Please Update Your Browser.

नेपाल–भारत सीमा सुरक्षासम्बन्धी बैठक उत्तराखण्डमा

simana-sketchबैतडी, ९ माघ । नेपाल–भारत सीमा सुरक्षासम्बन्धी दुई देशका पदाधिकारीको बैठक आइतबार भारतको उत्तराखण्डमा सुरु भएको छ ।

भारतको पिथौरागढ जिल्लामा बस्ने बैठकमा भारतमा हुन गइरहेको विधान सभा चुनाव तथा दुई देशबिच सीमा सुरक्षा, सीमा अपराध न्युनीकरण, सीमा बजार क्षेत्रमा हुने भारतीय र नेपाली रुपैयाँको समस्या, लागुऔषध ओसारपोसार नियन्त्रण सम्बन्धी विषयमा छलफल गरिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए ।

बैठकमा नेपालको तर्फबाट बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको नेतृत्वमा प्रहरी नायव उपरीक्षक हेरम्ब शर्मा, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको छ । बैठकले दुई देशको सीमाक्षेत्रमा हुने अपराध नियन्त्रणलगायतका कुराको ठोस निर्णय गर्ने बताए ।