Please Update Your Browser.

नयाँ म्यूजिक भिडियो ‘एसेप्ट गर’

Bhupu-Pandeya-810x331काठमाडौं, १० माघ भर्सटाइल गजलकार तथा गायीका संगिता थापा र भुपु पाण्डेले ‘डान्स प्याटर्न’मा ‘एक्सेप्ट गर‘जेपीटी मेरो वालमा ट्याग नगर’ बोलको गीत संयुक्त रुपमा बजारमा ल्याएका छन् । यूट्युब च्यान जिनियसमार्फत शुक्रबार राति रिलिज गरिएको यो गीतबाट राम्रो रेस्पोन्स आएको गायीका संगिता थापाले बताइन ।

गीतमा गायक पाण्डेलाई गायिका संगीता थापाले साथ दिएकी छिन । ‘एसेप्ट गर’लाई गीतकार एकेन्द्र खड्काले लेखेका हुन भने संगीत गायक पाण्डेले नै गरेका हुन । पाण्डे आफुले गाउने प्राय सबै गीतहरुमा संगीत आफै भर्छन । समयलाई बुझेका गायक पाण्डेले आधुनिक,पप मात्र होइन धेरै भजनहरु पनि गाएका छन । उनको आवाजमा रहेको भजन ‘डमडम डमरु बज्यो’ निकै चर्चित छ ।

नयाँ म्युजिक भिडियो ‘एसेप्ट गर’मा हिजो आज बजारमा चलचित्र ‘लुट २’को गीत ‘ठमेल बजार’बाट तहल्का मच्चाइरहेकी मोडल एलिसा राईको दमदार अभिनय रहेको छ । भिडियोलाई म्९ष्लहभअतश ऋचभध ले निर्देशन तथा निर्माण गरेको हो । युवा पुस्तामा लतका रुपमा रहेको ‘फेस बुक’मा जे पायो त्यही ट्याग गर्ने परिपाटीलाई मध्यनजर गर्दै गीतको भावलाई समेटेर रमाइलो पारामा भिडियो निर्माण गरिएको हो ।

युवाहरुलाई लक्षित गरेर बजारमा ल्याइएको यो गीतको म्युजिक भिडियोले धेरैको मन जित्न सकिन्छ कि भन्ने आशा लिएको गायकी थापाले बताइन । ‘एसेप्ट गर’लाई ज्ञानेन्द्र शर्माले छायाङ्कन तथा प्रविन श्रेष्ठले सम्पादन गरेका हुन ।