Please Update Your Browser.

प्रियंका चोपडाले भनिन् ‘मलाई लोग्ने मान्छे आवश्यक छैन’

एजेन्सी । अभिनेत्री प्रियंका चोपडालाई बलिउडमा सफल अभिनेत्रीका रुपमा लिइन्छ । उनी अभिनित फिल्महरु केही वर्ष यता प्राय सफल हुँदै आएका छन् । हलिउडमा ‘क्वान्टिको’ मार्फत पिपुल्स च्वाइस अवार्डसम्म जितेकी अभिनेत्रीले पछिल्लो पटक भारतको सबै भन्दा ठूलो मध्ये मानिने पद्मश्री प्राप्त गरेकी छन्, उनलाई भारतले फिल्म क्षेत्रमा दशक लामो योगदान पु¥याएर वापत यो पुरस्कार दिइएको हो ।

पूर्व विश्व सुन्दरीसमेत भइरहेकी प्रियंकाले फेरि एकपटक बलिउड फिल्म क्षेत्रमा आफू चानचुने अभिनेत्री नरहेको प्रमाणित गरेकी छिन् । एक अन्तर्वार्तामा उनले सन्तान उत्पादनबाहेक अरू कामका लागि आफूलाई लोग्नेमान्छेको आवश्यकता नरहेको बताएकी छिन् ।

व्यक्तिगत जीवन सम्बन्धि कुराकानीका क्रममा उनले भनिन्, ‘मेरा लागि एउटा हीरा किन्न कुनै लोग्नेमान्छेको बाटो हेर्नुभन्दा म आफैँ धेरै हीरा किन्न मन पराउँछु । कुनै पनि सम्बन्धमा बाँधिएपछि त्यसबाट अलग हुने राम्रो बाटो हुन्न । या त तपाईं अर्को व्यक्तिबाट अपहेलित हुनुपर्छ या तपाईंले नै उसप्रति नमिठो व्यवहार गर्न थाल्नुहुन्छ ।

M_Id_431782_Priyanka_Chopra

सम्बन्धमा बाँधिएपछि ससाना कुराप्रति अर्काको भर पर्नुपर्छ । त्यसबाट हटेर तपाईंले आफ्नाबारे सोच्न थाल्नुपर्छ ।’ तर प्रियंकाले आफ्नो बालबच्चा हुन् भन्नेमा रहर पालेकी र आफ्नो लायक कोहीसँग घरजम गर्न पनि चाहेकी खुलासा गरिन् । ‘तर, म कसैको विश्वासघात सहन सक्दिनँ,’ उनले भनिन् ।उनले विश्वास गर्ने पुरुषसँग आफू हिंसक पनि हुन सक्ने बताइन् ।