Please Update Your Browser.

मधेसी मोर्चासँग गरेको बैठक निश्कर्षविहिन

morcha-pm-358x250काठमाडौं, १७ माघ । प्रधानमन्त्री प्रचण्डले चुनावको मिति घोषणालाई लिएर मधेसी मोर्चासँग गरेको बैठक विनानिस्कर्ष भएको छ ।

सत्तारुढ दलसहितको बैठकमा मोर्चाले संविधान संशोधन विधेयक, स्थानीय तहको निर्वाचन, स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवदेनमा पूरानै अडान दोहोर्याएपछि कुनै सहमति हुन नसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संचारकर्मीलाई जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधी, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केद्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु सहभागि थिए ।