Please Update Your Browser.

काँग्रेसमाथी संविधान संशोधन चाहने र नचाहनेले षडयन्त्र गर्दै छन्ः वलायर

टेकेन्द्र देउवा,
 कैलाली, १८ माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संसद बिर बहादुर बलायरले संविधान संसोधन गर्नु हुदैन र गर्नुपर्छ भन्ने दुबै शक्ति नेपाली कांग्रेसका बिरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

नेपाल तरुणदल अत्तरिया नगरसमितिले गरेको स्वागत तथा भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलायरले यस्तो आरोप लगाएका हुन । मधेशमा नेपाली कांग्रेसको उभार आएकाले संविधान संशोधन गर्नु हुदैन भन्ने नेकपा एमाले र संविधान संशोधन गर्नु पर्छ भन्ने तर भित्रै देखि बखेडा झिकिरहेका मधेशवादी दलहरु झस्कीएको पनि उनले बताए । पहिले संविधान संशोधन गर्नुपर्छ भनेर सात ठाउँमा हस्ताक्षर गर्ने ओली जि यसैबाट डराएको पनि वलायरले बताए ।

नेता वलायरले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पनि भित्रै देखि चुवान नचाहिरहेको बताए । एउटा शक्ति नक्कली राष्ट्रवादका कुरा गरि शाख बचाउने अभियानमा लागेको छ अर्कोलाई संगठन नबचेको चिन्ता छ नेता बलायरले भने,यि दुबै शक्ति देशमा स्थीतरता चाहदैनन् ।

उनले कम्यूनिष्टहरु राजनितिक अधर्मि भएको आरोप पनि लगाए । जहाँ गयो त्यस्तै रुप बदल्ने कम्यूनिष्टहरु संग आफ्नो कुनै सिद्धान्त नभएको पनि बताए । नेपाली कांग्रेसले घाँटी काट्ने र गोली ठोक्नेलाई शान्ति प्रकृयामा ल्याएको बताउदै बलायरले भने,हामी सबै किसिमका द्धन्द समाधान चाहन्छौं ।

नेता बलायरले अहिले मधेशवादीहरु संग मात्रै नभएर बिप्लवहरु संग समेत वार्ता गर्न सरकार तयार हुनुपर्ने बताए । नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवाले नेताको वरीपरि धुम्ने कार्यकर्ता भन्दा स्वालम्बी कार्यकर्ता जन्माउन तर्फ नेतृत्व लाग्नुपर्ने बताए ।

उनले भने,नेपाली कांग्रेस डोटी यूवाहरुलाई यही संस्कार दिन खोजि रहेको छ । सभापती वलायरले यूवाहरुलाई झुटा आश्वासन दिने, प्रयोग गर्ने नेतृत्वको प्रबृतीलाई निरुत्साहित गर्दै बिचारयूत्त यूवा तयार गर्न लागि परेको बताए ।