Please Update Your Browser.

९५ किलो लागु औषध चरेश सहित पक्राउ

कैलाली, १८ माघ । जिल्ला प्रहरी कार्यालय कैलालीले ९५ किलो लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेको  छ । धनगढी उ.म.न.पा. १८ फुलबारी रप्टौना बस्ने देब बहादुर सिंहको घरमा लागु औषध चरेश लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

unnamed (1)

सोमबार पत्रकार सम्मेलन गरि लागु औषध र पक्राउ परेको व्याक्तिलाई सार्वजनिक गर्दै विशेष सुराकको अधारमा क्षेत्रिय प्रहरी कार्यालयबाट खटिईएको अनुसन्धान टोली र सि.प्र.चौ.बहुलियाबाट खटिएको सयुक्त टोलीले निजलाई पक्राउ गरेको बताए ।

देब बहादुर सिंहको घर कोठा खान तलासी गर्दा घरको कोठामा ५ वटा बोरा भित्र लुकाई राखेको अवस्थामा ९५ किलो ग्राम लागु औषध चरेश बरामद पक्राउ गरेको बताउदै उनललाई जिल्ला अदालतबाट लागु औषध (नियन्त्रण) ऐन २०३३ मुद्दामा ७ दिनको म्याद लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालको भनाई छ ।

लागु औषध (नियन्त्रण) ऐन २०३३, को १४ (घ) ५ अनुसार दुई बर्ष देखि दश बर्ष सम्म कैद र १५००० (पन्ध्र) हजार देखि १००००० (एक लाख) सम्म जरिवाना हुने कानुनि प्रवधान रहेको छ ।