Please Update Your Browser.

कर्मचारी र प्रहरीको मिलेमातोमा बन फँडानी

downloadडोटी, १८ माघ । डोटीका बिभिन्न सामुदायीक बनहरुमा अवैधरुपमा रुखहरु काटिएका छन् । बन फँडानीमा बनकै कर्मचारी र प्रहरी समेतको मिलेमतोको आशंका गरिएको छ ।

लक्ष्मीनगर गाबिस ८ का मालिका, सिद्धबाबा, मसानी सामुदायिक बनमा कर्मचारी, ठेकेदार र उपभोक्ताहरुको मिलेमतोमा करीब ११ हजार क्यूफिट बराबर सल्लाका रुखहरु अबैध काटिएको स्थानीयको दाबी छ ।

बन फँडानीबारे स्थलगत रुपमा जिल्लाबाट खटिएको अनुगमन टोलीले कागजात र काठ नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए ।