Please Update Your Browser.

ज्यास्मिनमा महिलाको शक्ति प्रदर्शन

काठमाडौं, । महिलाहरु शारिरीक रुपमा पनि सक्षम छन् भनेर पुष्टि गर्न अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्क्वाट्स कम्पिटिशन हुने भएको छ ।

Jasmin-Fitness

ज्यास्मिन फिटनेश क्लब तथा स्पाको आयोजनामा नारी दिवसको अवसरमा दोस्रोपटक यस्तो प्रतिस्पर्धा हुन लागेको हो । ७ र ८ मार्चमा हुन लागेको दोस्रो अन्तर क्लब वुमन क्वाट्स कम्पिटिशनमा ७० जना महिलाले सहभागिता जनाउने आयोजक ज्यास्मिन क्लबका कार्यकारी निर्देशक निरोज लामाले बताए ।

अघिल्लो वर्ष ४० जना महिला सहभागी थिए । नेपालमै पहिलोपटक गत वर्षबाट शुरु भएको महिलाहरुको यस्तो प्रतियोगितामा ६० केजी माथि र ६० केजी तलको दुई तौल समूह बनाइनेछ ।

महिलाहरु शारिरीक रुपमा पनि पुरुष जत्तिकै सक्षम छन् भन्ने पुष्टि गर्न यस्तो प्रतियोगिता नारी दिवसकै बेला आयोजना गरिएको लामाले बताए । महिलाले ठूलो तौल उठाउनु हुँदैन वा सक्दैनन् भन्ने मान्यता गलत रहेकाले यसलाई चिर्न प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ ।

प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो प्रतियोगीलाई पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको लागि प्रायोजक खोजी भइरहेको र यस्ता प्रतियोगिता नेपालमा अझै पनि नयाँ भएकाले आयोजना गर्न चुनौतिपूर्ण रहेको लामाले बताए ।