Please Update Your Browser.

सोनाको उपचारकालागि डेढ लाख सहयोग

naya-note.jpgपाँचथर, १८ माघ । रक्त क्यान्सर भई चितवनको भरतपुर स्थित वीपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत पाँचथरको ओयामकी एक किशोरकी उपचारमा सहयोग पु¥याउन ओयाम घर भई हाल मलेसियामा रोजगारी गरिरहेका नेपाली युवाहरुले १ लाख ५० हजार रुपैँया संकलन गरेका छन् ।

ओयाम–४ का देउकुमार योङ्याकी छोरी १५ बर्षीया सोना योङ्यालाई रगतको क्यान्सर भएपछि उनको परिवारले उपचारमा सहयोग गर्न अपील गरेको थियो ।

सोनाको जीवन रक्षाका लागि मलेसियामा रहेका मकर योङ्याको संयोजनमा ३६ युवाहरुले १ लाख ५१ हजार ८५३ रुपैँया सहयोग गरेका हुन् । युवाहरुद्वारा संकलित रकम फिदिममा नवस्थापित संस्था समथिङ फाउण्डेसनको माध्यमबाट पीडित परिवारलाई प्रदान गरिएको छ ।

फाउण्डेसनले सोमवार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी सोनाका काका महेन्द्र योङ्यालाई सहयोग रकम हस्तान्तरण गरेको छ । कञ्चनजंघा एकेडमी उच्च मावि फिदिममा कक्षा ११ मा अध्ययनरत सोना विगत ४ महिनादेखि रक्त क्यान्सरबाट पीडित भई उपचाररत रहेको काका महेन्द्रले वताए ।

उपचारका कति रकम लाग्छ भन्ने अझै यकिन नभएको महेन्द्रको भनाई छ । लेखक रामप्रकाश समथिङ मूल संरक्षक रहेको समथिङ फाउण्डेसनले यसअघिबाटै सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।