Please Update Your Browser.

नेपालकै पहिलो फोटो पत्रकार महिला महाकाली मेची साइकल यात्रामा

16142702_1272999622746943_3907585804703510016_n

धनगढी, १८ माघ । नेपालकै पहिलो फोटो पत्रकार महिला महाकाली मेची साइकल यात्राका क्रममा धनगढी आइपुगेकी छिन् । कञ्चनपुरबाट साइकल यात्रा सुरु गरेकी फोटो पत्रकार उषा तितिक्षु मंगलबार धनगढी आइपुगेकी हुन् ।

कञ्चनपुरको दोधरा चाँदनी पुलबाट साइकल यात्रा सुरु गरेकी तितिक्षुले आगामी जेठसम्म आफ्नो यात्रा पूरा गर्ने लक्ष्य बनाएको बताइन् । उनले आफ्नो साइकल यात्राका क्रममा फोटोग्राफी रिपोर्टिङ् गर्दै हिड्ने गरेको बताइन् ।

सबैले मेचीबाट यात्रा गरेर महाकालीमा पुगेर आफ्नो यात्रा टुंग्याउने गरेको बताउँदै फोटो पत्रकार तितिक्षुले भनिन्, ‘मलाई एन्टिलाइट फोटो ग्राफी गर्ने रहर लागेकाले महाकालीबाट आफ्नो यात्रा सुरु गरेकी हुँ ।’

सामाजिक विषयमा धेरै फोटोग्राफी सम्बन्धी पत्रकारिता गर्दै आएकी उनले अब प्राकृतिक सम्पदाको रिपोर्टिङ् गर्ने बताइन् । फोटोग्राफी रिपोर्टिङ् गर्दै आफ्नो यात्रालाई अघि बढाउँदै लैजाने हुनाले आफुलाई समयपनि बढी लाग्ने उनको भनाइ छ ।

यो यात्रा मेचीमा पुगेर समापन भएपछि दोस्रो चरणमा फोटो प्रदर्शनीको यात्रा सुरु गर्ने आफ्नो लक्ष्य भएको उनले बताइन् । आफूले सुरु गरेको यो यात्रामा सबैको सहयोग र समर्थन हुने गरेकाले लक्ष्य सफल हुने उनको विश्वास छ ।