Please Update Your Browser.

एक वर्षको अवधिमा दुई सय उन्नाइस उजुरी

human-rightsकाठमाडौं, १९ माघ । आर्थिक वर्ष ०७२ र०७३ मा राष्ट्रिय मानव अधिकार आयोगमा दुई सय उन्नाइस उजुरी परेका छन् । यीनमा नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार, महिला अधिकार, व्यक्ति बेपत्ता विरुद्वको अधिकार तथा अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धी उजुरी रहेका छन् । यसैगरि सशस्त्र द्वन्द्वकालमा भएका घटनासँग सम्बन्धित उजुरी पनि रहेको आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

आयोगको वार्षिक प्रतिवेदन ०७२र०७३ अनुसार आयोगमा परेका उजुरीमध्ये नागरिक तथा राजनीतिक अधिकार ११५, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार २६, यातना ४७, बाल अधिकार ७, महिला अधिकार ११, व्यक्ति बेपत्ताविरुद्वको अधिकार ६, अपाङ्गता भएका व्यक्तिका अधिकार हनन् सम्बन्धी ३ लगायतका छन् । यो वर्ष न्याय प्रशासनमा सबैभन्दा बढी ५४, यातनार दुर्व्यवहार ४७ र जीवनकोअधिकारमा ४१ उजुरी परेका छन् । व्यक्ति बेपत्ता पारिएको भनी अज्ञात समूहबाट पाँच र सुरक्षाकर्मीबाट एक गरी छ उजुरी दर्ता छन् ।

प्रतिवेदन अनुसार आयोगका कार्यालयमध्ये सबैभन्दा बढी क्षेत्रीय कार्यालय विराटनगरमा ६२ उजुरी परेका छन् भने सबैभन्दा कम उपक्षेत्रीय कार्यालय जुम्लामा दुईमात्र उजुरी परेको प्रतिवेदनमा जनाइएको छ । यसैगरि केन्द्रीय कार्यालय ललितपुरमा ५४, क्षेत्रीय कार्यालय जनकपुर ४२ र धनगढीमा २२, पोखरा १३ र नेपालगञ्ज ७ वटा छन् । उपक्षेत्रीय कार्यालय बुटवल १२ र खोटाङमा पाँच उजुरी रहेका छन् ।

प्रतिवेदन अनुसार आयोगमा परेका उजुरीमा २ सय ४२ पटक अनुगमन गरेको छ । पुराना र नयाँ गरी २०८ उजुरीमाथि आयोगले अनुसन्धान गरेको हो । अनुगमन र अनुसन्धानबाट प्राप्त तथ्यलाई आधार मानी १८१ वटा उजुरीको निरुपण भएको छ । जसमा सिफारिश २६, टुङ्ग्याउने ४६, खारेजी १०४ र तामेली राख्ने भनी पाँच उजुरीमाथि निर्णय गरिएको छ ।

आयोगबाट सिफारिश गरिएका विषयमा २३ वटा उजुरीमा क्षतिपूर्ति उपलब्ध गराउने उल्लेख छ । त्यसैगरी सिफारिशमा निःशुल्क स्वास्थ्य उपचार, उपचारको रकम शोधभर्ना, कानुन बमोजिम बाहेक अत्याधिक बल प्रयोग नगर्न र दोषी उपर कानूनी कारबाही गर्नुपर्ने, हिरासतमा गरिने स्वास्थ्य परीक्षणमा र पोष्टमार्टम प्रतिवेदनमा सुधार गर्ने लगायतका विषय रहेका छन् ।