Please Update Your Browser.

विकासका योजनावारे पूर्व उप प्रधानमन्त्रीलाई पत्रकारका प्रश्नै प्रश्न

होम साउद,
 अछाम १९ माघ । अछामका पत्रकारहरुले जिल्लाको विकास निर्माणवारे जनप्रतिनिधीलाई प्रश्नै प्रश्न तेस्र्यायका छन । जिल्लाका निर्माणाधिन रहेका महत्वपूर्ण योजनाहरुवारे अछाम क्षेत्रनम्वर १ का साँसद तथा पूर्व उपप्रधान एवम रक्षा मन्त्रि भीम रावलालाई प्रश्न राखेका हुन ।

16443404_839064629577757_567143749_n

प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले राजनीतिक प्रश्न भन्दा विकास निर्माणका सवाललाई जोडदार रुपमा उठाएका हुन । अलपत्र अवस्थामा रहेका २ वटा एयरपोर्ट सञ्चालन हुन नसकेको, सेती लोकमार्गको काम अगि बढ्न नसकेको, दरवार निर्माण कार्य रोकिएको, पक्किपुल र अन्य सडक तथा समसामयिक विषयमा पत्रकारहरुले जनप्रतिनिधीको जवाफ मागेका हुन ।

पत्रकार सम्मेलनमा रावलले राष्ट्रिय राजनीतिका विषयमा कुरा राखीसकेपछि उपस्थित पत्रकारहरुले जिल्लाको विकास निर्माणको बिषयमा प्रश्न सुरु गरेका थिए । पत्रकार महाँसंघका उपाध्यक्ष जनकराज भण्डारीले सेती लोकमार्गको काम लामो समय देखी रोकीएको र तराँईका जिल्ला जोड्ने छोटो रुट मंगलसेन जंगलघाट चिसापानी सडक र बेनीघाट पुल अगि बढ्न नसक्नुको कारण सोधेका थिए भने पत्रकार मेनुका ढुंगानाले जिल्लामा ब्याप्त छाउपडि कुप्रथाको समाधान हुन नसकेको भन्दै त्यसका लागि कानूनी कारवाहिको ब्यावस्था किन हुन सकेन भन्दै प्रश्न गरिन ।

उनले चित्रे पक्कि पुल निर्माणमा भएको ढिलासुस्ती, साँफेबगर र कमलबजारमा रहेका बिमानस्थिल गौचरणमा परिणत भएको बारे ध्याँनकाकर्षण गराईन ।

यस्तै अर्का पत्रकार पूर्ण बहादुर खड्काले १२ वर्षदेखी निर्माणाधिन मंगलसेन दरवार कहिले बन्छ ? र करिव ३ वर्ष अगि देखी अवरुद्ध कैलासखोला साना जलबिद्युत सुचारु गर्न किन पहल गर्न सक्नुभएन भन्दै जिज्ञासा राखे । पत्रकार खम्म खत्रिले सदरमुकाम मंगलसेनको हिलेबजारको अवस्था दर्शाउदै सडक सुधार र बजार भित्रको बाटो पक्कि बनाँउन कसैको ध्याँन नगएको भन्दै जनप्रतिनिधीको ध्याँनाकर्षण गराए ।

पत्रकार होम साउदले सुतार गाविसमा गएको सुख्खा पहिरोले बिस्थापित भईरहेका १ सय १० परिवारलाई राहत तथा पुनस्थापनका लागि कहिं कतैवाट पहल हुन नसकेको भन्दै पूर्व उपप्रधानमन्त्रीले चासो राख्नुपर्नेमा जोड दिए । यस्तै पत्रकार पुष्पराज भट्टले पनि रिठाबगरमा बन्न लागेको पक्कि पुलको काम सुरु हुन नसकेको भन्दै काम नगर्नेलाई कारवाहि गर्न आवस्यक पहल हुन जरुरी रहेको भनाई राखे ।

पत्रकार सम्मेलनमा सहभागि सबै पत्रकारहरुको जिज्ञासावारे जवाफ दिदै पूर्व उपप्रधान तथा रक्षा मन्त्रि पटक पटक जिल्लाको विकासका लागि पहल गरिरहेको बताए । पत्रकारले ध्याँनाकर्षण गराएका र प्रश्न उठाएका सबै विषयको जवाफ दिदै रावलले कुनै योजनाको काम अगि बढीरहेको तथा कुनैमा आफुले चासो राखेपछि काम सुरु हुने चरणमा रहेको प्रतिक्रिया दिए ।

अछाम क्षेत्रनम्वर १ का साँसद समेत रहेका रावलले स्थानिय स्थरमा पत्रकार र सञ्चार माध्ययमहरुले पनि जिल्लाको विकासका लागि निर्माणाधिन सबै योजनाहरुको बारेमा चासो ब्याक्त गर्दै दवाव श्रृजना गर्न आग्रह गरे ।