Please Update Your Browser.

कलम यसरी चिप्लियो

IMG_0290
अशोक शोकी

आमा रुँदै थिइन्
युवायुवती परदेशी गए
आमा विरामी भइन्
राजनीति रोगले ग्रस्त भइन्
कीटाणु जति मोटाई आए
आमा थला पर्दै गइन्
कीटाणुको उपचार भए
आमा दुब्लाउदै गइन्
स्वार्थमा सबै लागिपरे
एकले अर्कोलाई घाटा पारे
अर्कोले आफूलाई घाटा पारे
नफैनाफामा सबै लागिपरे
आखिर सबै घाटैघाटामा परे
फलिफाप हुने थियो
सबै उचित कार्य गरे
आमा बुबा बिरामीको स्हारसुसार गरे
श्रवण कुमार भन्थे, साउन कुमार भए
पीडामा आकाश रोयो
साउनको झरी भएर भेल बगे
पहिरो आई थुनिदिए
हजारौं मानिस रोई कराए
उद्वेगले जलेका हृदय पग्लेर
कुण्ठित भावना मन्थन भई
मेरो कलम यसरी चिप्लियो