Please Update Your Browser.

बैतडी, २५ माघ । २० वर्षअघि निर्माण सुरु भएको दशरथ चन्द नगरपालिकाको दुई किलो मिटर अधुरो चक्रपथ स्थानीयको पहलमा निर्माण भएको छ ।

16559212_1253368721413494_2064729213_n
तस्विरः गोकर्ण दयाल/बैतडी

स्थानीय उपभोक्तहरुले पहलमदमी लिएपछि दशरथ चन्द नगरपालिकाको स्काभेटर प्रयोग गरि सडक खनिएको स्थानीय समाजसेवी जनकराज भट्टले बताए ।

अधुरो चक्रपथ निर्माण गर्दा जिल्ला विकास समितिले स्काभेटरका लागि ईन्धन सहयोग गरेको स्थानीय युवा नरेश ठगुन्नाले बताए ।

२० वर्षदेखि रोकिएको दुई किलो मिटर चक्रपथ स्थानीयको जागरुकतापछि जिविस र नगरपालिकाले मेशिन उपलब्ध गराएर सडक निर्माण भएपछि निकै खुशी लागेको स्थानीय शेरसिंह भण्डारीको भनाई छ ।

दशरथ चन्द नगरपालिकाले वर्षेनी चक्रपथ निर्माणका लागि बजेट विसनयोजित गरे पनि जग्गा विवादले सडक निर्माण हुन सकेको थिएन ।

सडक निर्माणमा अवरोध नगर्न स्थानीयलाई सम्झाएपछि सडक निर्माण भएको स्थानीय युवा नरेश ठगुन्नाले बताए ।

चक्रपथ निर्माणपछि दशरथ चन्द नगरपालिकाले यही आर्थि वर्षभित्र सडक पिच गरेर सौर्य सडक बत्ती जडान गर्ने लक्ष लिएको जानकारी दिएको छ ।

१। दनपा चक्रपथ सडक स्थानीयको पहलकदमीमा निर्माण हुँदै ।