Please Update Your Browser.

स्ववियु चुनाव हुने सबै क्याम्पसमा तालाबन्दी

talabandiकाठमाडौं, २६ माघ । स्ववियु चुनाव आउन नजिकिदै गर्दा अखिल क्रान्तिकारीसहित सात विद्यार्थी संगठनहरुले त्रिवि अन्तरगतका सबै क्याम्पसहरुमा तालाबन्दी गरेका छन् ।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने, फर्जी भर्ना खारेज गरिनु पर्ने, सिनेटको सिण्डिकेट खारेज गरिनु गर्ने र त्रिविले स्ववियु निर्वाचन वातावरण निर्माण नबनाएको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका हुन् ।

सात विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेर चरणवद्ध संघर्षका कार्यक्रम घोषणा समेत गरेका छन् । जसअनुसार पहिलो चरणमा अन्तरगत २६ गते (आज) देशभरका क्याम्पसहरुमा तालाबन्दी, २७ गते निर्वाचनका सबै कार्यक्रम ठप्प पार्ने र २८ गते नारा जुलुससहित प्रतिरोध गर्ने कार्यक्रम रहेको छ ।

संयुक्त विज्ञप्तिमा नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी मञ्च, अखिल क्रान्तिकारी, राष्ट्रवादी विद्यार्थी संघले हस्ताक्षर गरेका छन् ।

अनलाइन डबलीसँग कुरा गर्दै अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले आफ्ना मागहरु पूरा नगरेसम्म स्ववियु चुनाव हुन नदिने बताए । ‘हामीहरु स्ववियु चुनावको विरोधी होइनौँ तर हाम्रा मागहरुमा त्रिविले सुनुवाइ नगरेका कारण तालाबन्दी गरिएको हो’ चलाउनले भने ।
त्रिवि अन्तरगतका देशभरका सबै क्याम्पसहरुमा तालाबन्दी गरिएको छ ।