Please Update Your Browser.

अबैध काठसहित ट्याक्टर पक्राउ

Image result for अवैध काठगोबिन्द बीसी,
माघ, २७ कैलाली । कैलालीमा अबैध काठ ल्याउदै गरेको अवस्थामा एक ट्याक्टरलाई पक्राउ गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१२ डोकेबजारमा से १ त ४९७४ नम्बरको ट्रयाक्टरको बुधबार लुकाई छिपाई भालुफा“टा तर्फ लैजादै गरेको अवस्थामा ३० ओटा कडी सहित पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी वेश क्याम्प पहलमानपुरको गस्ती टोलीले ट्रयाक्टर पक्राउ गरेको बताईएको छ ।

ट्रयाक्टरको ट्राली भित्र ढुङ्गाले छोपेर लैजादै गरेको अवस्थामा विशेष सूचनाका आधारमा शशस्त्र प्रहरी काठ बरामद गरिएको शशस्त्र प्रहरी वेश क्याम्प पहलमानपुरका प्रंमुख अनिल शाहीले जानकारी दिए । 

ट्रयाक्टर चालक भने फरार रहेको छन् । काठ सहितको ट्रयाक्टर ईलाका वन कार्यालयमा बुझाइएको शशस्त्र प्रहरी वेश क्याम्प प्रमुख शाहीले बताए ।

यस्तै बुधबार बिहान करीव ३ बजे सालको ७ गोलिया काठ सहित कैलालीको हिक्मतपुरबाट एक जना पक्राउ परेका छन् ।

ईलाका बन कार्यालय भजनी, सेक्टर वन कार्यालय पहलमानपुर, इलाका बन कार्यालय पचमुडिया र ईलाका बन कार्यालयको संयुक्त गस्ती टोलीले से १ प ८०५ नम्वरको ट्याकटरमा लग्दै गरेको अवस्थामा सालका करिब ६४ क्युफिट काठ सहित भजनी त्रिशक्ति नगरपालिकाका राकेस हमाललाई पक्राउ गरिएको छ । पक्राउ परेका हमाललाई बुधबार नै जिल्ला वन कार्यालय कैलाली चलान गरिएको छ ।