Please Update Your Browser.

निशुल्क स्वास्थ सिवीर सम्पन्न

२९ माघ, कैलाली ।

कैलालीको गोदावरी गावीस ८ बन्दागडामा आज निशुल्क स्वास्थ सिवीर सञ्चालन गरीएको छ ।

नेपाली सेनाको सीवदल गण तेघरीले निशुल्क स्वास्थ सिवीरको आयोजना गरेको हो । उक्त सिवीरमा बन्दागडासंगै आसपासका स्थानिय करिब ३ सय ६२ जनाले निशुल्क स्वास्थ चेक जाच गरेका छन ।

बिरामीहरुलाई निशुल्क चेक अपका साथै औषधि बितरण गरीएको सिवदल गणका गणपति भरत कार्कीले जानकारी दिनुभयो । उहाका अनुसार सेना जहिल्य पनि जनताको शुख दुस्खमा साथ दिने भएकोले स्थानियलाई केही सहज होस भनेर सेनाले उक्त कार्य गरेको जानकरी दिनु भयो ।

सो क्षेत्रमा बिशेषगरी महीलाहरुको पाठेघरको, छलामा देखिने समस्या रोगलाई लामो समयसम्म लुकाएर राख्ने गरेको पाइएको चेकअपमा संगलग्न डाक्टर पुनम रावलले जानकारी दिनुभयो । बन्दागडा क्षेत्रलाई अत्तरिया नगरपालिकाबाट नजिकै भएपनी स्वास्थ चौकी नहुँदा स्थानियलाई स्वास्थ उपचारमा समस्या हुँदै आएको छ । सेनाले गरेको उक्त कार्यको स्थानियले प्रशन्शा गरेका छन ।

गोदावरी ८ बन्दगढाकी स्थानिय शुशिला रोक्काले आर्थिक अभाब कम्जोर हुँदा त्यहाका जनता उपचार नपाइ रोग लुकाएर बस्ने गरेको हुँदा सेनाले गरेको कार्यको प्रन्शशा गर्नु भयो ।