Please Update Your Browser.

गजल

12782312_1873274632899458_1895512306_n
लेखक राम विष्ट

लठ्ठई पार्ने मख्खै पार्ने बोलीमा छ जादु तिम्रो
तिमी बस्ने बस्ती भित्र खोलिमा छ जादु तिम्रो

मृगनयनी आँखा भित्र सँसार अटे जस्तो ।
हर शब्दमा मुस्कान छर्ने , बोलिमा छ जादु तिम्रो ।।

मरे पनि न बिर्सिने उपहारले सजाएछौ ।
पोको पारी पठाएका , झोलीमा छ जादु तिम्रो

रूप हेर्दा अप्सरा झैँ नागवेली चुल्ठो आहा
तिम्ले लाको मखमली , चोलीमा छ जादु तिम्रो ।।

नजरको तीर हानी मलाई घाइते पार्ने ।
मलाई ठोक्ने वचनको हर बोलिमा छ जादु तिम्रो ।।

कुन शब्दले बयान गरूँ तिम्रो माया सुन्दरताको ।

हिजो पनि आज पनि भोलिमा छ जादु तिम्रो

लठ्ठई पार्ने मख्खै पार्ने बोलीमा छ जादु तिम्रो
तिमी बस्ने बस्ती भित्र खोलीमा छ जादु तिम्रो