Please Update Your Browser.

ममतामयी मातृत्व दिवसमा साहित्यिक कार्यक्रम

16731399_1400283136659206_1901471281_oटीकापुर, ३ फागुन । पतञ्जली विद्यास्थली एकेडेमी दुर्गौली–१, कैलालीले मंगलबार ममतामयी मातृत्व दिवस मनाएको छ ।

विद्यालयले हरेक वर्ष प्रेम दिवसको अवसर पारेर ममतामयी मातृत्व दिवस मनाउने गरेको हो । दिवसका अवसरमा विद्यलयस्तरीय कविता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

ममतामयी आमा शीर्षकमा कविता र वक्तृत्वकला प्रतियोगिता गरिएको हो । प्रतियोगितामा स्थानीय आठ विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा कवितामा छात्रातर्फ कालिका प्रावि धर्मापुरकी प्रतीक्षा सोराडी प्रथम, पतञ्जली विद्यास्थली एकेडेमीकी अपेक्षा भण्डारी द्वितीय र शिवबाबा इ.बो. स्कुलकी धना बिष्ट तृतीय ।

छात्रतर्फ शिवबाबा इ.बो. स्कुलका पारस न्यौपाने प्रथम, पतञ्जली विद्यास्थलीका निर्देश काफ्ले द्वितीय र कालिका प्रावि धर्मापुरका खगेन्द्र खनाल तृतीय भए ।

त्यस्तै वक्तृत्वकलामा छात्रातर्फ पतञ्जली विद्यास्थली एकेडेमीकी सपना उपाध्याय प्रथम, सरस्वती मावि दुर्गौलीकी तारा सुनार द्वितीय र गायत्री निमाविकी दीपा शाह तृतीय र छात्रतर्फ पतञ्जली विद्यास्थलीका प्रकाश ढुंगाना प्रथम, महेन्द्र शिशु धर्मापुरका विवेक शाही द्वितीय र सरस्वती मावि दुर्गौलीका गोपाल शाह तृतीय भए ।

विजयी विद्यार्थीलाई प्रमुख अतिथि टीकापुर नगरपालिकाका पूर्व मेयर एवम् वीरेन्द्र विद्या मन्दिर उमाविका प्रअ रत्नप्रसाद सञ्ज्यालले पुरस्कार वितरण गरेका थिए ।