Please Update Your Browser.

गजल

 राम विष्ट

सम्झी रहेँ सधै तिम्लाई भूल्न सकिएन ।
झरेँ म त पात सरी फूल्न सकिएन ।।

तिम्रै यादमा मुटु फाटी कलेजीको टुक्रा हुँदा ।
तिम्रै घरको आँगनीमा डुल्न सकिएन ।।

रसाएर आँखाहरु तप्प आँसु चुही दिदा ।
रोही रहेँ सम्झनामा भूल्न सकिएन ।।

तिम्रो मनको बगैचामा फूल सरी फूल्छु भन्दा
काँडे तारमा अल्झिएछु फूल्न सकिएन ।।

तिम्लाई खोज्दै हराएछु तिम्रै बस्ती भित्र ।
पागल भई तड्पिएर डुल्न सकिएन ।।

सम्झी रहेँ सधै तिम्लाई भूल्न सकिएन ।
झरेँ म त पात सरी फूल्न सकिएन ।।