Please Update Your Browser.

युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न सात जना पक्राउ

स्व.दुर्गा तिवारी

रुपन्देही, १५ फागुन । युवा संघ नेपाल रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न  १२ जना मध्ये ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न १२ जनामध्ये ७ जनाको भने सूची सार्वजनिक गरेको छ । प्रहरीले आइतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

१२ मध्ये ७ जना पक्राउ परेको र ५ जना फरार रहेको बताएको छ । हत्याका मूख्य योजनाकार मनोज पुन भएको बताएको छ । रुपन्देहीको देवदह निवासी तिवारीको गत पुस ४ गते मोटरसाईकलमा आएको समूहले गोली हानी हत्या गरेका थिए ।

रुपन्देही देवदह ६ का २९ वर्षीय मनोज पुन, सिद्धार्थनगर ३ का विकास भन्ने सोमबहादुर आले र राजु फरार रहेको एसपी रविन्द्र धानुकले जानकारी दिए । त्यस्तै खेमराज भण्डारीले सुटरलाई लिएर जाने र भगाउने काम गरेका थिए । तिवारी हत्याकाण्डमा योजनाकार रहेका आले, घटनामा सुटर राजु रहेका थिए । उनीहरु फरार छन् ।