Please Update Your Browser.

श्रीमतीको हत्या गरी आत्महत्या

indexडडेल्धुरा, १३ चैत ।डडेल्धुराको आलिताल गाउँपालिकामा श्रीमतीको हत्या गरी एक व्यक्तिले आत्महत्या गरेका छन् । आलिताल गाउँपालिका–७ चिसापातिका ४२ वर्षका कर्णबहादुर बोहराले ३८ वर्षकी श्रीमती बेलमतिदेवी बोहराको धारिलो हतियार प्रयोग गरि हत्या गरेको हुन् ।
 
शनिबार दिउँसो ३ बजे तिर बोहराले श्रीमतीको हत्या गरेर आफुले घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।
 
कर्णबहादुरको मानसिक अवस्था ठिक नरहेको स्थानीय बासिन्दाले बताएका छन् । उनका तीन छोरी र एक छोरा रहेका छन् । छोरा रोजगारीको शिलशिलामा दुबईमा छन् ।