Please Update Your Browser.

मेगा बैंकको ३ लाख ८६ हजार ८ सय ८२ कित्ता हकप्रद शेयर लिलाममा

Image result for मेगा बैंककाठमाडौं, चैत १३ । मेगा बैंक लिमिटेड (Mega Bank Ltd) को ३ लाख ८६ हजार ८ सय ८२ कित्ता हकप्रद शेयर लिलाम बढाबढमा बिक्रि खुल्ला भएको छ । उक्त शेयरमा चैत २० गतेसम्म आवेदन दिन सक्ने शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंगले जनाएको छ ।

बैंक (MEGA)  को शेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ प्रतिकित्ता अंकित मूल्य राखेर न्यूनतम १०० कित्ता र बढीमा १० अंकले भाग जाने गरी अधिकतम १० हजार कित्तासम्म आवेदन दिनसक्नेछन् । बैंकको शेयर खरिद गर्न चाहने लगानीकर्ताले उक्त परिमाणमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन फारम लिएर बुझाउन सक्नेछन् ।

बोलकबोल नतिजा बिक्री प्रबन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ । यदि सो दिन सार्वजानिक बिदा परेमा कार्यलय खुलेको दिनको ४ बजे खोलिने जनाइएको छ ।