Please Update Your Browser.

थाहा नभएको रोगबाट गाइ मरे

Image result for dead cowsबैतडी, १५ चैत । बैतडीको दोगडाकेदार गाँउपालिकाका किसानले पालेका गाई अज्ञात रोगका कारण मर्न थालेका छन् । दोगडाकेदार ३ श्रीकोट खिरेगाँउमा एक हप्ताको अवधिमा पाँच गाई मरेका हुन् ।

श्रीकोटका स्थानीय बासिन्दा बिनोद भाटका अनुसार गाईहरुले मुखबाट र्याल फाल्ने, शरिर फुल्ने, मलमुत्र बन्द हुने जस्ता लक्षण देखिने गरेका छन् । उनले भने,“यस्तो लक्षण देखिएको २४ घण्टाभित्रै गाई मरेका छन्” ।

जिल्लाको दोगडाकेदार ३ तथा साविकको श्रीकोट २ का शंकर भट्ट, अर्जुन भाट, बलदेब भट्ट, कलसे विष्ट र देबेन्द सिंह भाटले पालेका एक एक गाई मरेका बताईएको छ ।

जिल्ला पशु सेवा कार्यालय पाटन बैतडीका पशु विकास अधिकृत देवीदत्त भट्टले दोगडाकेदार ३ श्रीकोटका किसानले पालेका गाई मरेको बारेमा कुनै पनि जानकारी नआएको बताए। उलने भने “गाई के कारणले मरेका भन्ने बारे पशु चिकित्सक पठाएर रोग पत्ता लगाउछौ” ।

अज्ञात रोगका कारण यसरी गाई मर्न थालेपछी किसान चिन्तीत बनेका छन् । यसअघि गतबर्ष पनि यस्तै लक्षणका कारण बैतडीमा दुई दर्जन बढी किसानले पालेका ३० भन्दा बढी भैसी मरेका थिए ।