Please Update Your Browser.

ब्रिटीस सेनालाई परास्त गरेको ऐतिहासिक सिन्धुलीगढीको विकास गर्न स्वायत्त निकाय माग

काठमाडौं, २१ चैत्र । समृद्ध सिन्धुली अभियानका अभियन्ताहरुले पर्यटन राज्यमन्त्री  परशुराम तामाङलाई भेटेका छन् । उनीहरुले तत्कालीन ब्रिटीस सेनालाई परास्त गरेको ऐतिहासिक सिन्धुलीगढीलाई संरक्षण र विकासको काम गर्न सरकारी स्तरबाट विकास समितिजस्तै स्वायत्त निकाय गठन गर्न आग्रह गरेका छन् ।

हरेक नेपालीले गौरव गर्नु पर्ने इतिहास बोकेको सिन्धुलीगढीको स्वामित्व लिने कुनै निकाय नहुँदा बेवारिसे जस्तै भएको भन्दै अभियन्ताहरुले यस स्थलको संरक्षण गर्न विकास स्वायत्त निकाय गठन आवश्यक भएको बताए । सिन्धुलीगढीको स्वामित्व लिने निकाय नहुँदा यसको संरक्षण तथा विकासको कुनै निकायले पहल गरेका छैनन् ।

unnamed

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उज्वल थापाको संयोजनमा समृद्ध सिन्धुली अभियानका लीलानाथ घिमिरे, सौरभ ढकाल, डण्ड गुरुङ र भुवन थापा सम्मिलित प्रतिनिधि मण्डलले राज्यमन्त्री तामाङसँग सिन्धुलीगढीको पर्यटकीय विकासका लागि आगामी बजेटमा कार्यक्रमहरु समावेश गर्न आग्रहसमेत गरेको छ ।

यस्तै अंग्रेजी सेनालाई परास्त गरेको दिनको सम्झनामा आगामी कात्तिक २४ गते मनाइने २ सय ५० औं विजयोत्सवमा राज्यकै तर्फबाट विशेष समारोहको आयोजना गर्ने ब्यवस्था मिलाउन पर्यटन राज्यमन्त्री तामाङसँग आग्रह गरेको छ ।

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा आगामी कात्तिक २४ गते मनाइने विजयोत्सवमा सहभागी गराउन काठमाडौंबाट २ सय ५० जना ब्यवसायिक साइकल यात्रीलाई लैजाने घोषणा यसअघि गरिसकेको छ । अभियानले ‘राइड टु सिन्धुली’ नाम दिइएको साइकल यात्राको दर्ता खुल्ला गरिसकेको छ ।

आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ । यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने अभियानले योजना बनाएको छ ।

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा आगामी कात्तिक २४ गते मनाइने विजयोत्सवमा सहभागी गराउन काठमाडौंबाट २ सय ५० जना ब्यवसायिक साइकल यात्रीलाई लैजाने घोषणा यसअघि गरिसकेको छ । अभियानले ‘राइड टु सिन्धुली’ नाम दिइएको साइकल यात्राको दर्ता खुल्ला गरिसकेको छ ।

अभियानले गत कात्तिकमा भएको विजयोत्सवका बेला काठमाडौंबाट ८० जना ब्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढी लगेको थियो ।

‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । यस बर्षको साइकल यात्रामा विदेशीलाई समेत सहभागी गराएर यस ऐतिहासिक स्थलको प्रबर्धन गर्ने योजना बनाएको उनले बताए ।

राज्यमन्त्री तामाङ्ले बीर गोर्खालीले बहादुरी देखाएर अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीको प्रबर्धन गर्न सरकारले हरेक क्षेत्रबाट सहयोग गर्ने बताए । उनले आगामी बजेटमा यस स्थलको प्रबर्धनका लागि रकम छुट्याउने बताउँदै सरकारी स्तरबाटै भब्य विजयोत्सव आयोजना गर्ने आफ्नो मन्त्रालयले पहल गर्ने आस्वासन दिए ।