Please Update Your Browser.

नेपाल वायु सेवा निगमका पाइलट पक्राउ

काठमाडौं, २८ चैत्र । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ९३ हजार ६ सय अवैध अमेरिकी डलरसहित नेपाल वायु सेवा निगमका पाइलट पक्राउ परेका छन् ।

आइतबार राती नेपाल वायुसेवा निगमको विमानका पाइलट सुवर्ण अवाले पक्राउ परेका हुन् । काठमाडौंबाट दुवैका लागि विमान लैजान जाँदै गर्दा अवालेको लगेज चेकजाँच गर्नेक्रममा उक्त अवैध अमेरिकी डलर फेला परेको हो ।

अवालेले आफ्नी छोरी अमेरिकामा पढ्दै गरेकोले उनको लागि पैसा लान लागेको दावी गरेका छन् । उनी माथि प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।