Please Update Your Browser.

टीकापुर घट्नाले खलबलिएको सामाजिक सद्भाव फिर्ता गर्न गजल साँझ

टीकापुर, २९ चैत्र । टीकापुरमा सामाजिक सद्भावका लागि टीकापुर जेसिजको आयोजनामा गजल सा“झ हुने भएको छ । नया“बर्ष २०७४ सालको उपलक्ष्यमा सामाजिक सद्भावका लागि यहि चैत्र ३१ गते “गजलको एक सांगीतिक सा“झको” आयोजना गरिने टीकापुर जेसिजले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

गतबर्ष भदौ ७ गते भएको टीकापुर घट्नापछि टीकापुरमा सामाजिक सद्भाव खलबलिएको कुरा बाहिर आएकाले टीकापुरमा सामाजिक सद्भाव कायमै रहेको कुरा सांकेतिक रुपमा देखाउन उक्त कार्यक्रमको आयोजना गरिएको जेसिजका शाखा सम्पादक परमानन्द पाण्डेयले बताएका छन् ।

जेसिज सामाजिक कार्यसंग सम्बन्धि भएकाले सांकेतिक रुपबाट समेत समाजमा सामाजिक सद्भाव कायम गर्न सकिन्छ भन्ने उद्देश्यले गजल सा“झको आयोजना गरिएको जेसिजका अध्यक्ष टेकराज रेग्मीले जानकारी दिएका छन् ।

कुल १ लाख ४० हजारको लागतमा आयोजना गर्न लागिएको कार्यक्रममा गायक राज सिग्देल देखि गजल विद्यासंग सम्बन्धित सबैको उपस्थित हुने अध्यक्ष रेग्मीले बिश्वास ब्यक्त गरेका छन् ।

चैत्र ३१ गते सा“झ ७ बजे देखि राती १२ बजेसम्म कार्यक्रम संञ्चालन हुने र उक्त कार्यक्रम अबलोकनका लागि ब्यक्तिगत १ हजार र दुईभन्दा बढीलाई १ हजार ५ सयको टिकट शुल्क लाग्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।