Please Update Your Browser.

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग, माओवादीका सांसदद्धारा कीर्ते हताक्षर

sushila-karki-cjकाठमाडौं, १७ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार सत्तारुढ माओवादी केन्द्र र कांग्रेसका २५९ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा छन् भने समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् ।

प्रधानन्याधीश कार्कीमाथि कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको, कार्यविधि कानुनको पालना नगरेको आरोप लागेको छ ।

संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ ९१० अनुसार संसद सचिवालयमा आइतबार अपरान्ह ४ बजे पुगेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

आजैबाट कार्की निलम्बनमा परेकी छन् । संविधान धारा १०१ को (६) उपधारा (२) बमोजिम कार्की महाभियोग प्रस्ताव दर्ता भएसँगै स्वतः निलम्बनमा परेकी हुन् ।

तर महाअभियोग प्रस्ताव दर्ताका लागि प्रयोग भएको केही हस्ताक्षर ‘र्कीर्ते’ भएको हस्ताक्षरकर्ताहरुले बताएका छन् । महाअभियोग पत्रमा माओवादी सांसद शम्भुलाल श्रेष्ठको हस्ताक्षर रहेको छ । तर, उनले महाअभियोगबारे अनविज्ञता रहेको बताका छन् ।